भाइरल ज्वरोले ९ को मृत्यु , २ सय बढी प्रभावित ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भाइरल ज्वरोले ९ को मृत्यु , २ सय बढी प्रभावित !


२३ पुस २०७४, आइतबार


काठमाडौं । एक सातादेखि फैलिएको भाइरल ज्वरोका कारण जाजरकोटमा नौजनाको मृत्यु भएको छ । दुई सयभन्दा बढी बिरामी परेका छन् । मृत्यु हुनेमा पाँच बालबालिका र चार वृद्धवृद्धा छन् । जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटका फोकल पर्सन खेम पुनका अनुसार सदरमुकामभन्दा २३ कोस टाढाको जुनीचाँदे गाउँपालिकामा भाइरल ज्वरोको प्रकोप देखिएको हो ।

अहिलेसम्म मृत्यु हुनेमा जुनीचाँदे–२ मजकोटकी ५२ वर्षीया धनसरा नाथ र ७२ वर्षका सतरूप शाही, ६२ वर्षीया आइती तिरुवा, फापरबायाँ टोलका ५२ वर्षीय करसिंह टमाटा, स्थानीय रामबहादुर शाहीको पाँच दिनका छोरा, शान्तबहादुर शाहीको दुई महिनाका छोरा, मानबहादुर विकका पाँच महिनाका छोरा, काले दमाईंको सात महिनाका छोरा, बिर्ख नाथकी पाँच वर्षकी छोरी कविता र एक नाम नखुलेको बालक रहेको स्वास्थ्य चौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंहले बताए ।

रुघाखोकी र भाइरल ज्वरो फैलिएको एक साता बित्दा पनि प्रभावित क्षेत्रमा औषधि र चिकित्सक पुग्न सकेका छैनन् । ‘जिल्लाबाट औषधि लिएर गएका स्वास्थ्यकर्मी अहिलेसम्म पुगेका छैनन्,’ सिंहले भने । प्रभावित क्षेत्र दुर्गम भएका कारण महामारीको खबर बाहिर आउन नसकेको उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस