२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले प्रदेश राजधानी नतोकेर जनता भड्काउने काम गर्‍यो : एमाले

अ+ अ-

काठमाडौं । एमालेले प्रदेशको अस्थायी राजधानी तोक्ने कार्य नगरी सरकार जनताको भावना भड्काउने खेलमा लागेको आरोप लगाएको छ । सरकारले प्रदेश प्रमुखहरूलाई काठमाडौंमै शपथ गराउने गरी अस्थायी राजधानी नतोक्ने रणनीति अख्तियार गरेलगत्तै एमालेको प्रतिक्रिया आएको हो ।

प्रदेशको अस्थायी राजधानी नतोकिँदा प्रदेश संसद् बैठक बस्ने भवनको तयारी, प्रमुखहरूको निवास, प्रदेश मन्त्रिपरिषद् कार्यालय, सांसदहरूको शपथलगायतका सबै प्रक्रियामा अन्योल बढ्ने एमालेको भनाइ छ । यस्तो अन्योलसँगै साम्प्रदायिक विद्वेष भड्काउने खेलमा सरकार नियोजित रूपमा लागेको एमालेको आरोप छ ।

‘सरकार अस्थायी राजधानी तोक्ने दायित्वबाट च्युत हुँदै एउटा मन्त्रालयको कर्मचारीमार्फत आफ्ना कुरा बाहिर ल्याएर जनताको भावना भड्काउने, विद्वेष फैलाउने षड्यन्त्रमा लागेको छ,’ एमाले उपाध्यक्ष भीमबहादुर रावलले भने, ‘निर्वाचनअघि समय हुँदासम्म हामीलाई यस्ता कुनै पनि विषयमा छलफल गर्ने उहाँहरूले आवश्यकता ठान्नुभएन, मन्त्रालयले प्रदेश राजधानीबारे कस्तो प्रतिवेदन बुझाएको छ, हामीलाई अहिलेसम्म जानकारी पनि दिनुभएको छैन, यस्तो गैरजिम्मेवार सरकारले अब ताजा जनादेशअनुसार छिटो मार्गप्रशस्त गरेर नयाँ सरकार गठनको बाटो खोल्ने गरी काम गरोस् भन्ने हाम्रो आग्रह छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments