२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इतिहासको सम्मान गर्न नचाहनेले आफ्नै भविष्य समाप्त पार्छन् : महासचिव पोखरेल

अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पृथ्वीनारायण शाहको योगदानलाई बिर्सन र सम्मान गर्ने विषयबाट अलग गर्न नमिल्ने बताएका छन् ।

राष्ट्रिय एकता दिवस तथा २६९औँ पृथ्वी जयन्तीका अवसरमा आज आयोजित ‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयक छलफलमा उनले इतिहासको सम्मान गर्न नचाहनेले आफ्नै भविष्य समाप्त पार्ने बताए ।

महासचिव पोखरेलले भने, “पृथ्वीनारायण शाहको एकीकरणको अभियानलाई हामी अत्यन्त सकारात्मक ढंगबाट लिन्छौँ र त्यसलाई सम्मान गर्छौं, यो हाम्रो अडान हो, इतिहासलाई सम्मान गरेर मात्र अघि बढ्न सक्छौँ भन्ने हाम्रो बुझाइ हो ।”

राष्ट्रियता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र जनताको पक्षमा दृढतापूर्वक उभिनु नै एकताको मूल आधार भएको बताउँदै उनले भने, “हाम्रो अन्तरचेतनाले भन्छ, पृथ्वीनारायणलाई भुल्न र सम्मान गर्ने कुराबाट अलग हुन मिल्दैन ।”

पहिचान, प्रतिनिधित्व र पहुँचको प्रश्नमा अब राष्ट्रिय बहस हुन आवश्यक रहेको बताउँदै उनले यी विषयमा प्रायोजित ढंगबाट नभई यथार्थपरक ढंगबाट बहस र छलफल हुनुपर्छ भने ।

पूर्वमन्त्री मोदनाथ प्रश्रितले नेपालको एकताको भावनालाई विभाजित गर्ने तत्वले मात्र पृथ्वीनारायण शाहलाई अपमान गर्ने गरेको बताए । उनले भने, “राष्ट्र र राष्ट्रनायकलाई सम्मान गर्न सिक्नुस्, मुलुकको एकीकरण र एकताबाट अघि बढ्नुपर्छ भन्ने सन्देश दिनेलाई अपमान होइन, सम्मान गर्ने परम्पराको थालनी हुन आवश्यक छ ।”

प्रा. डा. जगमान गुरुङले संघीयता, गणतन्त्र र धर्मनिरपेक्ष युगको माग भएजस्तै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति सम्मान गर्नु आजको आवश्यकता भएको बताए ।

उनले भने, “पृथ्वी दिवसको अवसरमा आयोजना हुने छलफल र अन्तक्र्रियाले समेत राष्ट्र, राष्ट्रियता र धर्म संस्कृतिलाई जोगाउने विषयमा चिन्तनमनन गर्ने अवसर प्रदान गरेको छ ।”

पूर्व सांसद लालबाबु यादवले मुुलुकको एकीकरण गर्ने व्यक्तिलाई गालीगलौज गर्ने प्रवृत्तिले राष्ट्रियता प्रवद्र्धन गर्न योगदान नपुग्ने धारणा व्यक्त गरे । उनले भने, “राष्ट्रियता भनेको कुनै जात र क्षेत्र विशेषको हुँदैन, जातीयता र क्षेत्रीयताको भावले राष्ट्रियतालाई कमजोर तुल्याउँछ ।”

सो अवसरमा सहभागी वक्ताले मुलुकको वर्तमान स्थितिमा पृथ्वीनारायण शाहको दिव्य उपदेशको सान्दर्भिकता अझै बढेको धारणा व्यक्त गरे । रासस

0 Comments