२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पौडेल पक्षको भेलामा नेताका गुनासै–गुनासा

अ+ अ-

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले अनपेक्षित हार बेहोरेपछि नेता रामचन्द्र पौडेल पक्ष युवा नेताहरू नेतृत्वप्रति खनिएका छन् । उनीहरूले नेताहरू पौडेल, महामन्त्री शशांक कोइरालासहितका पदाधिकारी, संसदीय बोर्डका सदस्य र केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूको कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।

दोस्रो तहका नेता नवीन्द्रराज जोशीको अगुवाइमा शुक्रबार भएको भेलामा दीपक गिरी, कमला पन्त, रामकृष्ण यादव, गुरु घिमिरे, गोविन्द भट्टराई, बद्री पाण्डे, कल्याण गुरुङ, जीवन परियार, किरण यादव, रत्ना शेरचन, धनराज गुरुङ, सरिता प्रसाईं, हृदयराम थानीलगायतले नेताहरूलाई गुनासो सुनाए ।

नेता पौडेल, महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. रामशरण महत, महेश आचार्य, दीपक गिरी, दिलेन्द्र बडू भेलामा उपस्थित थिए । नक्सालको वन्जला रेस्टुरेन्टमा भएको भेलामा दोस्रो तहका नेताहरूले पार्टी नेतृत्वले गरेको गल्तीमा आफ्नो पक्षका नेताहरू साक्षी बसेकोप्रति पनि असन्तुष्टि जनाए ।

‘चुनावमा समानुपातिक र प्रत्यक्ष उम्मेदवारका विषयमा भएका आर्थिक चलखेल, राजनीतिक कारणले नेताहरूको छवि जनता र कार्यकर्ता पंक्तिमा बिग्रेको छ । यसमा यो गुट त्यो गुट भन्ने नै छैन भन्नेबारेमा हामीले गम्भीर कुरा उठायौँ,’ छलफलमा सहभागी एक नेताले नयाँ पत्रिकासँग भने, ‘यसलाई सुधार गर्ने हो भने हामी तपाईंहरूलाई साथ दिन्छौँ । सुधार्नुभएन भने कार्यकर्ता र जनताले साथ दिँदैनन् । सभापतिसँगै बसेर कार्यसम्पादन समिति र संसदीय बोर्डमा बसेर गलत निर्णय गर्नुभएका तपाईंहरूले पहिलो राजीनामा दिनुस् । अनि तपाईंहरूले पनि विरोध गर्न सुझाउँछ भनेका छौँ ।’

पार्टीले संघीयताअनुसार पार्टीको संरचना नबनाएको, भ्रातृ संस्थालाई निर्वाचनमा प्रभावकारी परिचालन नगरेको, गुटका आधारमा टिकट वितरण गरेको जस्ता कमजोरीले पार्टीले पराजय बेहोरेको भन्दै गम्भीर समीक्षा गर्न छिटो केन्द्रीय समिति, महासमिति र आवश्यक पर्दा विशेष महाधिवेशन बोलाउनुपर्ने मागसमेत १४ नेताले गरेका छन् ।

संस्थागत पार्टी सञ्चालन नभएको, सरकारमा जाँदा जनअपेक्षा पूरा गर्न नसकेको, स्थानीय तहको निर्वाचनको परिणामबाट पार्टीले नसिकेको भन्दै नेताहरूले ‘निर्मम’ समीक्षा गर्दै पार्टीलाई पुनर्जीवन दिनुपर्ने बताएका छन् । पार्टी रूपान्तरणका लागि नेतृत्वको समीक्षा, पार्टी सञ्चालनको पद्धति, विधान र संगठन सञ्चालनका लागि अवधारणापत्र नै आगामी केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने तयारी गरेको भेलाको अगुवाइ गरेका नेता जोशीले जानकारी दिए ।

आफ्नो पक्षका केन्द्रीय सदस्यहरूलाई टिकट दिलाउन नसकेको भन्दै तीव्र असन्तुष्टि जनाइएको थियो । ‘धनराज गुरुङ, कमला पन्त, गुरु घिमिरे, कल्याण गुरुङ, सरिता प्रसाईं, बद्री पाण्डेले किन टिकट पाएनन् रु यस्तो गुनासो सोध्न देशभरबाट फोन आउँछ, हामीसँग दिने जवाफ हुँदैन,’ नेता जोशीले गुनासो सुनाउँदै भेलामा भने, ‘जिम्मेवार साथीहरूले अवसर नपाउँदा पनि तपाईंहरूले नै प्रभावकारी पहल नलिएपछि हामीले कार्यकर्तालाई जवाफ दिनै सकेका छैनौँ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments