२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानाध्यापकद्वारा दुई करोड भ्रष्टाचार

अ+ अ-

लहान । लहानस्थित पशुपति माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक परमेश्वर रायले दुई करोड रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको पाइएको छ । उनले विद्यालयको जग्गामा पक्की व्यापारिक भवन निर्माणका लागि उपभोक्ताबाट संकलन गरेको रकम र सरकारबाट प्राप्त अनुदान अनियमितता गरेको छानबिनबाट खुलेको छ।

विद्यालयका स्रोत व्यक्ति कासिन्द्र यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसार छानबिन गर्दा निमित्त प्रधानाध्यापक रायले अनियमितता गरेको पुष्टि भएको बताए।

उनले भने, ‘उजुरीमा उल्लेख गरिएको अनियमितताका धेरै बुँदामा निमित्त प्रधानाध्यापक रायले लिखित जबाफ पेस गर्नुभएको छ । प्रारम्भिक छानबिनबाट उहाँले अनियमितता गरेको प्रस्ट हुन्छ।’ अनियमितता छानबिन गरी त्यसको प्रतिवेदन शिक्षा कार्यालयमा पेस गरिसकेको जानकारी यादवले दिए।

रायले विद्यालयको जग्गामा पक्की व्यापारिक भवन बनाउन उपभोक्तासँग लिएको एक करोड ३३ लाख रकम भवन निर्माण नगरी आफैंले खर्च गरेको, छात्रवृत्ति र पाठ्यपुस्तकका लागि सरकारबाट प्राप्त रकममा पनि अनियमितता गरेको भन्दै तीन वर्षअघि अख्तियारमा उजुरी परेको थियो ।

रायले भने आफूले विद्यालय व्यवस्थापन समितिसँग अनुमति लिएर रकम खर्च गरेको बताएका छन् । उनले नागरिकसँग भने, ‘१६ लाख रकम मैले खर्च गरेको छु, म तिर्छु । बाँकी रकम कसले खर्च ग¥यो थाहा छैन ।’ धेरै रकम विद्यालय व्यवस्थापन समितिसँग अनुमति लिएर खर्च गरेको उनले बताए ।

उपभोक्तासँग व्यापारिक भवन निर्माणका लागि संकलन गरेको रकम विद्यालय भवन निर्माणमा खर्च भएको दाबी निमित्त प्रधानाध्यापक रायले गरे ।

लहान ७ का वडाध्यक्ष राकेश गुप्ता रोशनले जनता र राज्यको रकम हिनामिना गर्नेउपर कारबाहीमा आलटाल नगर्न सम्बन्धित निकायसँग आग्रह गरे । उनले भने, ‘यो अनियमितता प्रकरण करिब चार वर्षदेखि दबाउँदै आइएको छ। अनियमितता छर्लंगै छ, रीत पुर्‍याएर छिटो कारबाही अघि बढाउन सम्बन्धित निकायलाई अग्रह गर्छु ।’ आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments