२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एयर एसिया एक्स रोकिन सक्ने

अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मलेसियाको एयर एसिया एक्सको उडान सोमबारदेखि रोक्ने भएको छ । उक्त एयरलाइन्सले २३ करोड रुपैयाँ हाराहारी बक्यौता नतिरेका कारण विमानस्थलले उडान रोक्ने भएको हो । एयर एसिया एक्सले मलेसियाबाट सीधा उडान भर्दै आएको छ ।

विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायका अनुसार उक्त एयरलाइन्सले अवतरण (ल्यान्डिङ), पार्किङ (बिसान), एयर नेभिगेसन (सञ्चार तथा उड्डयन सहायक सेवा), विमानस्थल विकास शुल्क, कोठा भाडालगायतमा उक्त बक्यौता तिर्नुपर्नेछ । यो बक्यौता तीन वर्षयताको हो । ‘हामीले पुस २३ गते (आइतबार) सम्मको म्याद दिएका छौं,’ उपाध्यायले भने, ‘आइतबारसम्म सबै रकम दाखिला नगरे उडान रोकिदिनेछौं ।’ त्यस्तो अवस्थामा उडान नगर्न सचेत गराउने, जहाज आइहाले यताबाट नफर्काउने विमानस्थलले जनाएको छ । ‘रकम नपाएसम्म जहाज काठमाडौंमै रोकिदिनेछौं,’ उनले भने । एयर एसिया एक्सले एयरबसको वाइडबडी विमानबाट सातामा चार उडानभर्दै आएको छ । ‘हाम्रो उद्देश्य कुनै पनि एयरलाइन्सलाई रोक्ने होइन । न त रोकेर पैसा असुल नै हुन्छ । तर, यतिबेला हामी रोक्नुपर्ने अवस्थामा पुग्यौं,’ उपाध्यायले भने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सबैभन्दा धेरै तिर्न बाँकी विदेशी एयरलाइन्समा एयर एसिया एक्स नै हो । सातामा चार दिन क्वालालम्पुर–काठमाडौं–क्वालालम्पुर सीधा उडान भर्दै आएको यस एयरलाइन्सको नेपाली जेनरल सेल्स एजेन्ट (जीएसए) लाजिम्पाटमा रहेको इन्सेन्टिभ टुर्स एन्ड ट्राभल्स प्रालि हो ।

विमानस्थल प्रशासन र उसको तालुक निकाय बबरमहलस्थित नागरिक उड्डयन प्राधिकरणले धेरैपटक इन्सेन्टिभका कार्यकारी अध्यक्ष हरिमान लामालाई लिखितमै ताकेता गरिसकेको जनाएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments