तंग्रिँदै ओली « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तंग्रिँदै ओली


२१ पुस २०७४, शुक्रबार


काठमाडौं । कडा खालको झाडापखालाले अस्वस्थ बनेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तंग्रिन थालेका छन् । तीन दिनअघि उनलाई झाडापखाला भएपछि पूर्वनिर्धारित सार्वजनिक कार्यक्रममा पनि अनुपस्थित रहँदै आएका थिए ।

सोमबारदेखि अस्वस्थ रहेका ओलीलाई झाडापखालाले तीन दिनसम्म बेस्सरी च्यापेको थियो। ओलीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले भनिन्, ‘उहाँ (ओली) को पेट अलि गडबडी भएको हो । अहिले ठिक छ।’

डा. सिंहका अनुसार, तीन दिनअघि ओलीलाई कडा खालको डायरिया भएको थियो । औषधि सेवनपश्चात् ओलीको स्वास्थ्यमा क्रमशस् सुधार भइरहेको छ । डा. सिंहले प्रेसक्राइब गरेको झाडापखालाको औषधि ओलीले सेवन गरिरहेका छन् ।

झाडापखालाले दुई दिनसम्म सताएपछि उनले कार्यक्रमहरू पनि रद्द गर्दै आएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको सर्वदलीय बैठकमा समेत उनी अनुपस्थित थिए । भावी प्रधानमन्त्रीका रूपमा हेरिएका ओलीको अस्वस्थताका कारण शीर्ष तहको बैठक पनि स्थगित हुन थालेपछि उनको स्वास्थ्य अवस्थाबारे चासो बढेको थियो ।

एघार वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई यसअघि रोगप्रतिरोधी क्षमता कमजोर भएका कारण बेलाबखत फंगस इन्फेक्सन भई हत्केला सुन्निने समस्या देखापरेको थियो । वरिष्ठ नेफ्रोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञसमेत रहेकी डा। सिंहले ओलीलाई अहिले मिर्गौलासम्बन्धी कुनै समस्या नदेखिएको बताइन् ।

मिर्गौला र अन्य स्वास्थ्य समस्या देखापरेपछि यसअघि ओलीले नेपाल साथै भारत, थाइल्यान्ड र सिंगापुरमा समेत उपचार गराएका थिए । खानपानमा सजगता नअपनाउँदा ओली झाडापखाला लागेपछि सार्वजनिक कार्यक्रममा समेत नगई घरमै आराम गरिरहेका थिए। बालकोटस्थित निवासमै उनले कार्यकर्ता भेटघाट र अन्य राजनीतिक परामर्शको काम गर्दै आएका छन् । झाडापखालाले सताएपछि ओलीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र प्रधामन्त्री देउवासँगको भेटघाटका कार्यक्रम स्थगित गरेका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस