२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायाधीश सिफारिस विवादमा

अ+ अ-

काठमाडौं । न्यायपरिषद्कै एकजना वरिष्ठ सदस्यको असहमतिका बीच बिहीबार उच्च अदालतका लागि चार जना मुख्य न्यायाधीश सिफारिस भएको छ। परिषद् अध्यक्ष प्रधानन्यायाधीश गोपाल पराजुलीको अध्यक्षतामा बसेको परिषद् बैठकले बहुमत निर्णयका आधारमा मुख्य न्यायाधीश सिफारिस गरेको हो।

परिषद् सदस्य रहेका सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले मर्यादाक्रममा अरू न्यायाधीशसँगै रहेकी उच्च अदालतकी न्यायाधीश सुष्मलता माथेमा मुख्य न्यायाधीशबाट बाहेक हुने स्थिति बैठकमा आएपछि निर्णयमा असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेका हुन्।

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नहकुल सुवेदीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश, जनकपुरमा कार्यरत उदयप्रसाद चापागाईंलाई सोही उच्च अदालतको मुख्य न्यायाधीश, वीरगन्ज उच्चमा कार्यरत यज्ञ बस्याललाई दीपायल र बुटवल उच्च अदालतमा कार्यरत हरिकुमार पोखरेललाई सुर्खेतको मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ।

परिषद् स्रोतका अनुसार मुख्य न्यायाधीशमा सिफारिस भएका सर्वोच्चका मुख्य रजिस्ट्रार सुवेदीलाई मर्यादाक्रममा सबैभन्दा माथि राख्न नहुनेमा पनि जोशीको जोड थियो। तर, मर्यादाक्रममा मुख्य रजिस्ट्रार पद मुख्यसचिवसरह हुने भएकाले उच्च अदालतका न्यायाधीशभन्दा माथि रहन्छ ।

उच्चका न्यायाधीश विशिष्ट श्रेणीसरह मानिन्छ । जोशीले ‘नोट अफ डिसेन्ट’ लेखे पनि संविधान र न्यायपरिषद् ऐनअनुसार भने बहुमतको निर्णय मान्य हुन्छ । निर्णयमा प्रधानन्यायाधीशसँगै परिषद् सदस्यहरू कानुनमन्त्री यज्ञबहादुर थापा, रामप्रसाद सिटौला र पदम वैदिकको भने मतैक्य छ। मुख्य न्यायाधीशमा सिफारिस चापागाईं २०३८ साल जेठमा न्याय सेवाको अधिकृतबाट सेवा प्रवेश गरेका थिए ।

२०४२ सालमा जिल्ला न्यायाधीश र ०६६ साल भदौ २१ मा पुनरावेदनको न्यायाधीश बनेका थिए । बस्याल ०३८ जेठमा न्यायसेवाको अधिकृत हुँदै ०५० चैतमा जिल्ला न्यायाधीश र ०६६ भदौ २१ गते नै पुनरावेदनमा नियुक्त भएका थिए । यता ०४० मा अधिकृत बनेका पोखरेल पनि ०५१ मा जिल्ला न्यायाधीश हुँदै चापागाईं र बस्यालसँगै एकै दिन पुनरावेदनको न्यायाधीशमा नियुक्त भएका थिए। मुख्य न्यायाधीशमा छुटेकी माथेमा पनि २०४१ मा न्याय सेवाको अधिकृत भई उनीहरूसँगै ०५१ मा जिल्ला न्यायाधीश र ०६६ सालमा पुनरावेदनको न्यायाधीश बनेकी थिइन् । यता मुख्य न्यायाधीशमा सिफारिस सुवेदी ०५२ सालमा न्याय सेवाको अधिकृत, ०५९ मा उपरजिस्ट्रार, ०६४ मा सहरजिस्ट्रार, ०७३ माघमा सर्वोच्चको रजिस्ट्रार हुँदै ०७४ असार २२ गते सर्वोच्चको मुख्य रजिस्ट्रारमा नियुक्त भएका थिए ।

२०२८ साल साउन ८ मा जन्मिएका सुवेदीले भर्खर ४५ वर्ष पार गरेका छन् । सुवेदी प्रधानन्यायाधीश पराजुलीका निकट नातेदारसमेत रहेकाले भविष्यमा प्रधानन्यायाधीश हुनेगरी आफ्नो विरासत धान्ने व्यक्तिका रूपमा मुख्य न्यायाधीश सिफारिस गरेको आकलन न्याय क्षेत्रमा गरिएको छ ।

उमेर र मर्यादाक्रमका दृष्टिले उच्च अदालतमा धेरै पात्रलाई पछि पारेकाले सुवेदी संविधानले तोकेको पूरा ६ वर्ष अवधि नै प्रधानन्यायाधीश हुने सम्भावना छ । यसैबीच बिहीबारै बसेको न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतका कायममुकाय रजिस्ट्रार महेन्द्रनाथ उपाध्यायलाई रजिस्ट्रार र कानुन आयोगका निमित्त सचिव चिरञ्जीवी खनाललाई आयोगकै सचिवमा बढुवाका लागि सिफारिस गरिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments