स्थानीय तहको ६ महिना, अलमलमै जनप्रतिनिधि « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्थानीय तहको ६ महिना, अलमलमै जनप्रतिनिधि


१९ पुस २०७४, बुधबार


विराटनगर । झापाको गौरादह नगरपालिकाका १ नम्बर वडाका अध्यक्ष नगेन्द्र भण्डारी शुक्रबार कार्यकक्षमा भेटिएनन् । सेवाग्राही पर्खेर बसे। अबेरमात्रै कार्यालय आइपुगेका उनले भने, ‘सबै जनताका काममा पुग्नैपर्छ ।’ वडाध्यक्ष भण्डारी घरायसी विवाद मिलाएपछि कार्यालय आइपुग्दा ढिलो भएको पनि सुनाए ।

जनप्रतिनिधि निर्वाचित भएका ६ महिनाायता उनको दैनिकी यस्तै छ । बिहानदेखि बेलुकासम्म जनताका विवाद मिलाउनुकै धपेडी । उनले भने, ‘सानातिना समस्या समाजले मिलाए, हामी अरू काममा लाग्थ्यौं ।’ गौरादह नगरपालिकाको परिषद् पुस २० गतेका लागि तयार गरिएको छ । साना झमेलामै अल्झिरहेका वडाध्यक्ष भण्डारीले परिषद्मा कस्तो योजना पेस गर्नेतिर सोच्नसम्म भ्याएका छैनन् । उनले भने, ‘विकास निर्माणका काममा यथेष्ट ध्यान दिन पाइएको छैन ।’

भौगोलिक रूपमा दमकको ठूलो ३ नम्बर वडाका अध्यक्ष नवीन बरालका पनि यस्तै समस्या छन् । भुटानी शरणार्थीदेखि स्थानीयसम्मका समस्या मेरै वार्डमा छन्,’ उनले भने, ‘थानाचौकीदेखि घरसम्म पुग्नु परेको छ । उनले जनताको काम गर्न आए पनि घरायसी विवादमा वार्ड अध्यक्षलाई नै बोलाउने प्रवृत्ति राम्रो नहुने बताए । ‘अंश, लेनदेन, श्रीमान्–श्रीमतीका बीच विवादमा अलमलिनु परेको छ,’ उनले भने, ‘वार्डको समग्र विकास निर्माणमा यथेष्ट समय दिन सकिएको छैन । बरालकै वार्डमा विश्वको सबैभन्दा ठूलो बुद्ध मूर्ति निर्माणको तयारी हुँदैछ । उनी भने सबै साविकका वार्डमा वार्ड सदस्यलाई जिम्मेवारी दिएर कार्यालय व्यवस्थापन र विकास निर्माणसँग सम्बन्धित काममा ध्यान दिने बताउँछन् । ‘वार्डमा पनि महिला सदस्यको संयोजकत्वमा न्यायिक समिति निर्माणको तयारी गरेका छौ,’ उनले भने, ‘त्यसपछी यस्ता खाले समस्या अलिक कम हुने अपेक्षा गरेको छु ।’

यसअघि नगरपालिकाबाट कार्यसम्पादन हुँदै आए पनि अहिले वार्ड कार्यालयमा समस्या लिएर आउने बढेका छन् । गौरादह नगरपालिकाकी उपप्रमुख गीता भेटवालले न्यायिक समिति गठनको काम अघि बढाउने बताइन् । उनले समितिमार्फत अधिकांश समस्या समाधान हुने बताइन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस