२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहको ६ महिना, अलमलमै जनप्रतिनिधि

अ+ अ-

विराटनगर । झापाको गौरादह नगरपालिकाका १ नम्बर वडाका अध्यक्ष नगेन्द्र भण्डारी शुक्रबार कार्यकक्षमा भेटिएनन् । सेवाग्राही पर्खेर बसे। अबेरमात्रै कार्यालय आइपुगेका उनले भने, ‘सबै जनताका काममा पुग्नैपर्छ ।’ वडाध्यक्ष भण्डारी घरायसी विवाद मिलाएपछि कार्यालय आइपुग्दा ढिलो भएको पनि सुनाए ।

जनप्रतिनिधि निर्वाचित भएका ६ महिनाायता उनको दैनिकी यस्तै छ । बिहानदेखि बेलुकासम्म जनताका विवाद मिलाउनुकै धपेडी । उनले भने, ‘सानातिना समस्या समाजले मिलाए, हामी अरू काममा लाग्थ्यौं ।’ गौरादह नगरपालिकाको परिषद् पुस २० गतेका लागि तयार गरिएको छ । साना झमेलामै अल्झिरहेका वडाध्यक्ष भण्डारीले परिषद्मा कस्तो योजना पेस गर्नेतिर सोच्नसम्म भ्याएका छैनन् । उनले भने, ‘विकास निर्माणका काममा यथेष्ट ध्यान दिन पाइएको छैन ।’

भौगोलिक रूपमा दमकको ठूलो ३ नम्बर वडाका अध्यक्ष नवीन बरालका पनि यस्तै समस्या छन् । भुटानी शरणार्थीदेखि स्थानीयसम्मका समस्या मेरै वार्डमा छन्,’ उनले भने, ‘थानाचौकीदेखि घरसम्म पुग्नु परेको छ । उनले जनताको काम गर्न आए पनि घरायसी विवादमा वार्ड अध्यक्षलाई नै बोलाउने प्रवृत्ति राम्रो नहुने बताए । ‘अंश, लेनदेन, श्रीमान्–श्रीमतीका बीच विवादमा अलमलिनु परेको छ,’ उनले भने, ‘वार्डको समग्र विकास निर्माणमा यथेष्ट समय दिन सकिएको छैन । बरालकै वार्डमा विश्वको सबैभन्दा ठूलो बुद्ध मूर्ति निर्माणको तयारी हुँदैछ । उनी भने सबै साविकका वार्डमा वार्ड सदस्यलाई जिम्मेवारी दिएर कार्यालय व्यवस्थापन र विकास निर्माणसँग सम्बन्धित काममा ध्यान दिने बताउँछन् । ‘वार्डमा पनि महिला सदस्यको संयोजकत्वमा न्यायिक समिति निर्माणको तयारी गरेका छौ,’ उनले भने, ‘त्यसपछी यस्ता खाले समस्या अलिक कम हुने अपेक्षा गरेको छु ।’

यसअघि नगरपालिकाबाट कार्यसम्पादन हुँदै आए पनि अहिले वार्ड कार्यालयमा समस्या लिएर आउने बढेका छन् । गौरादह नगरपालिकाकी उपप्रमुख गीता भेटवालले न्यायिक समिति गठनको काम अघि बढाउने बताइन् । उनले समितिमार्फत अधिकांश समस्या समाधान हुने बताइन् । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments