आयोगको प्रस्ताव राष्ट्रिय सभा चुनाव माघ २५ मा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आयोगको प्रस्ताव राष्ट्रिय सभा चुनाव माघ २५ मा


१९ पुस २०७४, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन माघ २५ गते गराउन सरकारसमक्ष प्रस्ताव गरेको छ । मिति घोषणाका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार आयोगसँग गरेको परामर्शमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले उक्त मिति प्रस्ताव गरेका हुन् ।

आयोग सचिवालयले सरकारबाट मिति घोषणा भएदेखि निर्वाचन मितिसम्म ४० दिन चाहिने आयोग पदाधिकारीसमक्ष जनाएअनुसार यादवले सरकारलाई निर्वाचन मिति प्रस्ताव गरेका हुन् । भेटमा देउवाले उक्त मितिमा सहमति जनाउँदै बिहीबारको मन्त्रिपरिषद् बैठकबाट घोषणा गरिने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्रीसँगको परामर्शपछि माघ २५ गते राष्ट्रिय सभा निर्वाचन गर्ने गरी मिति तोक्ने सहमति भएको र सरकारले आगामी क्याबिनेटबाट यसको निर्णय गर्ने यादवले बताए । वाम गठबन्धन सत्तामा जान आतुर रहेका बेला राष्ट्रिय सभाको निर्वाचन नै एक महिनाभन्दा ढिलो हुने भएपछि नयाँ सरकार निर्माण फागुनभन्दा यता नहुने भएको छ । राष्ट्रिय सभा गठनपछि मात्रै प्रतिनिधिसभाको समानुपातिकतर्फको परिणाम आउने छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस