२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुघाखोकीले हुम्लामा एकै दिन तीनको मृत्यु

अ+ अ-

हुम्ला । हुम्लामा रुघाखोकीले चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका–७ का भ्याँले कार्की, खोइया शाही, गोर्‍या जैसी र शंकरे रोकाया छन् । कार्की, शाही र जैसीको आइतबार तथा रोकायाको मंगलबार मृत्यु भएको स्थानीय कलबहादुर ऐडीले जानकारी दिए । सास फेर्न गाह्रो हुने, ज्वरो आउने, खोकी लाग्ने र बान्ताको प्रकोपले विकराल रूप लिएको छ । हुम्ला जिल्ला अस्पतालका डा। नवीन रोकायाले भने धेरै ठाउँमा नभई ग्रामीण भेगमा रुघाखोकीका केही बिरामी देखिएको बताए ।

मृत्यु हुनेमा सबै ६५ वर्षभन्दा माथिका छन् । रुघाखोकीले बालबालिका र वृद्धवृद्धालाई बढी संक्रमण गरेको पाइएको छ । सयौँको संख्यामा बिरामीहरू उपचार नपाएर बसिरहेको सर्केगाड–८ का ऐडीले बताए । सुक्खा र खडेरीका कारण धुलाम्य वातावरणले झन् श्वासप्रश्वाससम्बन्धी संक्रमण भएको पाइएको छ । गाउँमा स्वास्थ्यकर्मी नहुनुले बिरामी थप समस्यामा परेका छन् । स्वास्थ्य संस्थामा औषधि नभएको भन्दै कार्यरत कर्मचारी बिदामा बसेका छन् ।

जिल्लाका सातवटै गाउँपालिकामा रुघाखोकीको प्रकोप फैलिएपछि बिरामीहरू गाउँमै थला परेका छन् । स्वास्थ्यचौकीमा सामान्य सिटामोलसमेत नहुँदा बिरामी घरमै थला परेको चंखेली गाउँपालिका–२ का भूपेन्द्र उपाध्यायले जानकारी दिए । ‘स्वास्थ्यचौकीमा सिटामोलसमेत छैन, कहाँ गएर बिरामी उपचार गर्ने ?’ उनले भने । रुघाखोकीको प्रकोपले श्वासप्रश्वासमा समस्या उत्पन्न भएको, घाँटी सुक्ने, बान्ता हुने, कपाल दुख्ने, ज्वरो आउने गरेको उपाध्यायले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments