समानुपातिक सूची तीन दिन भित्र सच्याउनुस् « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

समानुपातिक सूची तीन दिन भित्र सच्याउनुस्


१८ पुस २०७४, मंगलबार


काठमाडौं । प्रदेश सभामा समानुपातिक सिट पाएका १३ मध्ये ६ दलको उम्मेदवार छनोट प्रक्रिया नमिलेको भन्दै निर्वाचन अयोगले सच्याउन पत्राचार गरेको छ ।

नेपाली कांग्रेस, राजपा, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई आयोगले मंगलबार पत्राचार गरेको छ । उम्मेदवारको क्रमसंख्या नमिलाई पठाएको, एउटा समुदायको कोटामा अर्को समुदायको व्यक्ति पठाएको भन्दै आयोगले दलहरूलाई सच्याएर सूची पठाउन पत्रचार गरेको छ ।

तीन दिनको समय दिँदै २० गतेभित्र दलहरुले सच्याएर सूची बुझाइसक्नुपर्ने गरी पत्राचार गरेको छ । सच्याउन भनेअनुसार भए–नभएको जाँचबुझ गर्ने र फेरि पनि त्रुटी देखिए ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने पनि आयोगले जनाएको छ ।

आयोगका अनुसार अन्य दलहरुको सूची भने ठिक छ ।

Tags :
प्रतिक्रिया दिनुहोस