माओवादी केन्द्रले डाक्यो बैठक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

माओवादी केन्द्रले डाक्यो बैठक


१८ पुस २०७४, मंगलबार


काठमाडौं । नेकपा माओवादी केन्द्रले आज केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाइएको छ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेकपा एमालेसँगको पार्टी एकता लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताइन् ।

बैठक आज अपराह्न १ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बस्ने प्रवक्ता  भुसालले बताइन् ।

एमालेसँगको पार्टी एकताको विषयमा पार्टीले ठोस निर्णय लिन नसकिरहेको अवस्थामा माओवादी केन्द्रको आज बस्ने बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस