अमेरिकालाई किमको धम्कीः न्युक्लियर बटन मेरो डेस्कमै छ « प्रशासन
Logo १५ आश्विन २०८०, सोमबार
   

अमेरिकालाई किमको धम्कीः न्युक्लियर बटन मेरो डेस्कमै छ


१७ पुस २०७४, सोमबार


काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनले अमकेरिकालाई चेतावनी दिँदै आणविक बटन सधैँ आफ्नो डेस्कमा हुने बताएका छन् ।

टेलिभिजनमार्फत् नयाँ वर्षको अवसरमा दिएको भाषणमा किम जोङ उनले पुरा अमेरिका उत्तर कोरियाको परमाणु हतियारको दायरामा भित्र रहेको बताए । उनले भने, ‘यो धम्की होइन, वास्तविकता हो ।’

दक्षिण कोरियासँग वार्ता गर्न खुल्ला रहेको संकेत दिएका छन् । उनले भने, ‘सोल विन्टर ओलम्पिकमा उत्तर कोरियाले टिम पठाउन सक्छ ।’त्यसैगरी किमले आफ्नो राष्ट्र ‘शान्ति चाहने जिम्मेवार आणविक राष्ट्र’ भएको घोषणा पनि गरे। उनले आणविक हतियार प्रयोग गर्ने चाहना आफूहरुको नभएको पनि बताए ।

मिसाइल परीक्षण र परमाणु कार्यक्रममा कारण उत्तर कोरियामाथि थुप्रै प्रतिवन्ध लागिसकेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस