मानव तस्करको नयाँ गन्तव्य दक्षिण अफ्रिका « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मानव तस्करको नयाँ गन्तव्य दक्षिण अफ्रिका


१७ पुस २०७४, सोमबार


काठमाडौं । मानव तस्करले दक्षिण अफ्रिकालाई तस्करीको नयाँ गन्तव्यका रूपमा विकास गर्न थालेका छन् । दक्षिण अफ्रिकाको जोहान्सबर्गमा आकर्षक रोजगारी लगाइदिने भन्दै मानव तस्कर गरेको अभियोगमा एक पक्राउ परेपछि यो तथ्य खुलेको हो ।

कलंकीस्थित क्यारियर हब इजुकेसन कन्सल्टेन्सीका सञ्चालक ३५ वर्षीय चित्रप्रसाद ढुंगेल मानव तस्करीको अभियोगमा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंको चन्द्रगिरि–१ बाट पक्राउ गरेको हो । दक्षिण अफ्रिकाबाट भागेर नेपाल फर्किएका तीनजना पीडितले उजुरी दिएपछि सिआइबीले ढुंगेललाई पक्राउ गरेको हो ।

सिआइबी प्रमुख डिआइजी पुस्कर कार्कीले ढुंगेल मानव तस्करको अभियोगमा पक्राउ परेको बताए । ‘दक्षिण अफ्रिकाबाट भागेर नेपाल आएका तीनजना पीडितले उजुरी दिएका आधारमा उनलाई पक्राउ गरेका हौँ । घटना सम्बन्धमा थप अनुसन्धान हुँदै छ,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस