पोलियो भ्याक्सिन विश्वव्यापी अभाव « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पोलियो भ्याक्सिन विश्वव्यापी अभाव


१७ पुस २०७४, सोमबार


काठमाडौं । बालबालिकालाई दिइने अति महत्वपूर्ण पोलियो भ्याक्सिन आइपिभीको विश्वव्यापी रूपमा अभाव देखिएको छ । पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई दिइने आइपिभी (इन्एक्टिभेटेड पोलियो भ्याक्सिन)को नेपालमा पनि अभाव देखिएको छ ।

सरकारले मुलुकबाट पोलियो उन्मूलन गर्न विगत एक वर्षदेखि पोलियो थोपासँगै सुईबाट दिइने आइपिभी भ्याक्सिन पनि सुरु गरेको थियो । तर, एक वर्ष नपुग्दै आइपिभी पोलियो भ्याक्सिनको अभाव भएपछि सरकारले नयाँ भ्याक्सिन ल्याउने निर्णय गरेको बाल स्वास्थ्य महाशाखा खोप शाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत राजेन्द्रप्रसाद घिमिरेले बताए ।

आइपिभी भ्याक्सिनको चरम अभाव देखिएपछि सरकारले एफआइपिभी नामक नयाँ भ्याक्सिन ल्याउने तयारी गरेको छ । यो भ्याक्सिन पनि गाभी नामक अन्तर्राष्ट्रिय संस्थाले दिनेछ । आइपिभी बच्चा जन्मिएको १४ हप्ताको उमेरमा एकपटक दिइन्थ्यो भने एफआइपिभी बच्चा जन्मेको ६ हप्ता र दश हप्ता पुगेपछि पुनः अर्कोपटक दिइन्छ । ‘आइपिभी भ्याक्सिनको ठाउँमा एफआइपिभी भ्याक्सिन पर्याप्त उत्पादन हुने भएकाले नेपालले यो भ्याक्सिन खरिदमा गर्ने निर्णय लिएको हो,’ घिमिरेले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस