एमाले नेताको फेसबुकमा गुनासो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमाले नेताको फेसबुकमा गुनासो


१६ पुस २०७४, आइतबार


काठमाडौं । एमालेभित्र समानुपातिक उम्मेदवार छनोटमा त्यति ठूलो विवाद देखिएको छैन । तर, वैकल्पिक पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले भने नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । उनको नाम प्रदेश ७ बाट समानुपातिक सूचीको १ नम्बरमा थियो ।

उनी मुख्यमन्त्रीको दाबेदार पनि थिए । तर, प्रदेश ७ बाट सबै महिला मात्रै छनोट भए । ‘पार्टी स्थायी कमिटीले मर्यादा विष्टलाई कञ्चनपुर १ (ख) बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

उक्त निर्णय कार्यान्वयन भएको भए समानुपातिकमा मेरो नाम पर्ने निश्चित थियो । २० निर्वाचन क्षेत्रभित्र एकजना पनि महिला नपारिनुले मलगायत अन्य जिम्मेवार कमरेड पनि प्रदेश ७ को विकास र समृद्धिमा योगदान गर्नबाट वञ्चित पारिएका छन् । यस परिणामले प्रदेश ७ ले सर्वस्वीकार्य नेतृत्व नपाउने लगभग निश्चित भएको छ । पार्टी निर्णयको उल्लंघनबाट परेको र पर्ने नकारात्मक प्रभावको जिम्मेवारी सम्बन्धित व्यक्तिले लिनुपर्दछ । सबै प्रकारका जालझेल, षड्यन्त्र अन्त्यका लागि आजसम्म लडेर आइएको छ र यो लडाइँ जारी रहनेछ,’ थापाले फेसबुकमा असन्तुष्टि पोखेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस