सहायकरथी दाहाल सेक्टर कमाण्डरमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सहायकरथी दाहाल सेक्टर कमाण्डरमा


१५ पुस २०७४, शनिबार


काठमाडौं । नेपाली सेनाका प्रवक्ता तथा सहायकरथी नैनराज दाहालले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत दक्षिण सुडानमा पश्चिम क्षेत्र सेक्टर कमाण्डरको जिम्मेवारी पाएका छन्

औंलामा गन्न सक्ने हैसियतमा अवसर पाएका नेपाली सेनाका अधिकारीमध्ये एक रहेका दाहाल २२ गते जिम्मेवारी सम्हाल्न जाँदैछन् । सुडानका चार सेक्टरमध्ये एक सेक्टरको नेतृत्व पाएका दाहालले एक वर्षका लागि सो जिम्मेवारी पाएका हुन् । उक्त चार सेक्टरमा नेपाल, बंगलादेश चीनका गरी १७ हजार सेना तथा अन्य सुरक्षा निकाय छन् ।

केही दिनमै जिम्मेवारी सम्हाल्न त्यसतर्फ जाँदै गरेका दाहालले आफुले पाएको जिम्मेवारी कुसलतापूर्वक निर्वाह गर्ने बताएका छन् ।

औंलामा गन्न सक्ने हैसियतमा अवसर पाएका नेपाली सेनाका अधिकारीमध्ये एक रहेका दाहाल २२ गते जिम्मेवारी सम्हाल्न जाँदैछन् । नेपाली सेनाका उच्च अधिकृतबाट यस किसिमको शान्ति मिसनको सेक्टर कमाण्डरको जिम्मेवारी पाउनु नेपाल र नेपाली सेनाका लागि गौरवको विषय भएको सेनाले जनाएको छ ।

नेपाली सेनाका झण्डै पाँच हजार शान्ति सैनिक अहिले १४ द्वन्द्वरत मुलुकमा परिचालन हुँदै आएका छन् । नेपाली सेनाका एक लाख २० हजारभन्दा बढीले विश्व शान्तिका लागि योगदान दिइसकेका छन् ।

विश्व शान्ति स्थापनार्थ शान्ति सेना पठाउने मुलुकको सूचीमा हाल नेपाल छैटौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस