२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौंको प्रदूषण असर पाँचखालसम्म

अ+ अ-

काठमाडौं । ‘काभ्रेको पाँचखाल उपत्यकामा जब पश्चिमबाट बेगले हावा चल्छ त्यहाँको वायुको प्रदूषण स्तर पनि काठमाडौंकै स्तरमा पुग्छ’, पाँचखालको वायु प्रदूषण अवस्थाबारे अध्ययन गरिरहेका एक विज्ञले भने, ‘कल्पना गरेभन्दा धेरै नै प्रदूषित हुन्छ ।’

सन् २०१७ जुलाईदेखि भइरहेको घरभित्र र बाहिरको वायु प्रदूषणको अवस्था अध्ययन–अनुसन्धानमा संलग्न युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेका जनस्वास्थ्य प्राध्यापक डा। आमोदकुमार पोखरेलले नागरिकसँग भने, ‘राजधानी सहर काठमाडौंको प्रदूषित हावा सजिलै पाँच खाल पुगिरहेको छ ।’

काभ्रेका पाँचखाल र मण्डनदेवपुर नगरपालिकाका ७ सय २७ वटा घरको बाहिर र भित्रको वायु प्रदूषणसम्बन्धी अनुसन्धान गरिरहेका पोखरेलले अमेरिकाबाट स्काइपमा नागरिकसँगभने, ‘प्रतिसेकेण्ड ४ देखि ६ मिटरका दरले पश्चिमबाट हावा चल्दा त्यहाको वायुमा २।५ माइक्रोग्रामभन्दा साना धुलोका कणको मात्रा कल्पना गरेभन्दा धेरै गुना बढी पाइयो ।’

पोखरेलका अनुसार गत सेप्टेम्बर १ देखि अक्टुबर ११ बीचको तथ्यांक विश्लेषण गर्दा यस्तो निष्कर्ष आएको होे । पश्चिमबाट चल्ने हावाले राजधानीको प्रदूषित वायु पाँचचखालसम्म पु¥याएको अध्ययनले देखाएको उनले बताए ।

‘मौसम पूर्वानुमान उपकरणसहितको ई–स्पाम्पलरमा रेकर्ड भएको २।५ माइक्रोग्राम धुलोका कणको १५(१५ मिनेटको तथ्यांक विश्लेषण गर्दा बढीमा ५ सय ७३ माइक्रोग्राम प्रतिघनमिटरसम्म पाइयो’, पोखरेलले भने, ‘यो सामान्य किसिमको वायु प्रदूषण होइन ।’

उनका अनुसार पाँचखाल क्षेत्रमा पूर्व, दक्षिण र उत्तरबाट हावा चलेको अवस्थामा भन्दा पश्चिमबाट हावा चलेको अवस्थामा सबैभन्दा बढी वायु प्रदूषण भएको पाइएको छ । ‘जुनसुकै महिनामा पश्चिमबाट हावा चलेको बेला त्यहाँको वायु प्रदूषणको मात्रा बढेको देखिन्छ’, पोखरेलले भने, ‘औसत प्रदूषण भने २० माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ ।’

यही अध्ययनमा संलग्न लिडर्स नेपालका महासचिव धिरज पोखरेलले काठमाडौंको प्रदूषित वायु भक्तपुरको नगरकोट हुँदै पाँचखाल पुग्ने गरेको जानकारी दिए । उनका अनुसार बिहानको तुलनामा रातिको वायु बढी प्रदूषित पाइएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments