गजल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गजल


१५ पुस २०७४, शनिबार


प्रेमको परिभाषामा पैसा कहाँ कहाँबाट आउँदो रहेछ
बतासले उडाउछ की मान्छेले आफै ल्याउदो रहेछ

अस्ति घर गोठ देख्नु अघि खुव प्रेम गर्छु भन्थ्यो जस्ले
आज त्यही मायाले बेइमान बनेर झुक्याउदो रहेछ

मलाई मान्छे बनाउन बा ले आफ्नो सर्बस्व खन्याउनु भयो
इमानको सितनले जिन्दगी कहाँ बनाउदो रहेछ

बेइमानको संगत गर्दिन भनेको आज उहीँ हाकिम भो
मान्छेले मान्छे भएर बाच्न कहाँ पाउदो रहेछ

अचेल आफन्तहरु पनि आफ्ना लाग्नै छोडिसके
आफ्नाले पनि पैसाकै संगत मन पराउदो रहेछ

प्रतिक्रिया दिनुहोस