गजल « प्रशासन
Logo २२ जेष्ठ २०८०, सोमबार
   

गजल


१५ पुस २०७४, शनिबार


ऐलानीको बासमा छुं हजूर !!
चारैतिरको त्रासमा छुं हजूर !!

रात दिन हड्डी घोटदा पनि,
रुखा सुखा गासमा छुं हजूर !!

मुक्त कमैया त उहिल्यै भएको हुं,
अझै गरिबीको दासमा छुं हजूर !!

साहुको ऋण थाप्लोमा बोकेर,
घर छोडी प्रवासमा छुं हजूर ।।

दुखै दुःखमा जिन्दगी बित्यो,
परमेश्वरको आशमा छुं हजूर !!

प्रतिक्रिया दिनुहोस