गृहमन्त्री बने ५० प्रतिशत अपराध न्यूनीकरण गर्छु : पण्डित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गृहमन्त्री बने ५० प्रतिशत अपराध न्यूनीकरण गर्छु : पण्डित


१४ पुस २०७४, शुक्रबार


भक्तपुर । नेकपा एमालेका नेता लालबाबु पण्डितले आफूले गृह मन्त्रालयको जिम्मेवारी पाए ५० प्रतिशत अपराध थोरै समयमा न्यूनीकरण गर्ने जिकिर गरेका छन् ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कारमा पूर्व सामान्य प्रशासनमन्त्री पण्डितले राजनीति र अपराधको साँठगाँठकै कारण हुने अपराध न्यूनीकरणको उपाय आफूसँग भएको र त्यही कार्यनीति र रणनीतिका साथ अघि बढे अपराध न्यूनीकरण जुनसुकै मन्त्रीले गर्न सक्ने बताएका छन् ।

‘हरेक मन्त्रीले पाएको जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्नसके देशले १० वर्षमै विकासको फड्को मार्न सक्छ, इमान्दार भएर काम गरे विदेशमा भएका युवाहरुलाई स्वदेशमै काम दिएर रेमिट्न्यासले देश चलाउने कामको अन्त्य हुन सक्छ’, उनले भने । एक प्रसंगमा उनले प्रदेश राजधानी बनाउनुभन्दा पहिले व्यापक छलफल गर्नुपर्नेमा जोड दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस