निर्वाचन आयोगको टोली र प्रधानमन्त्रीबीच राष्ट्रिय सभाको निर्वाचनका बारेमा छलफल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्वाचन आयोगको टोली र प्रधानमन्त्रीबीच राष्ट्रिय सभाको निर्वाचनका बारेमा छलफल


१४ पुस २०७४, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव सहित आयोगका पदाधिकारीहरू बीच राष्ट्रिय सभाको निर्वाचनका बारेमा छलफल भएको छ ।

भेटका अवसरमा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निष्पक्ष, स्वतन्त्र र विश्वसनीयरूपमा सम्पन्न गराउन सफल भएकोमा निर्वाचन आयोग र आयोगका पदाधिकारीहरूलाई धन्यवाद तथा बधाइ ज्ञापन गरेका छन् ।

यसैगरी, प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनलाई सफल बनाउन नेपाल सरकारले पु¥याएको सहयोगको सराहना गरेका छन् । यादवले राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशलाई आज प्रमाणीकरण गरेकाले नेपाल सरकारबाट राष्ट्रिय सभा सदस्यको निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले आयोगसँगको परामर्शमा केही दिनभित्रै राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति घोषणा गर्ने जानकारी दिए ।

यादवले प्रदेश प्रमुख नियुक्तिको सन्दर्भ प्रदेशसभा सदस्यले शपथ ग्रहण नगरी राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदाता हुन नसक्ने जानकारी गएका छन् । निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाहस लगाएतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस