दिलनाथ गिरीलाई मन्त्रीबाट हटाउन राप्रपाले पठायो पत्र « प्रशासन
Logo ६ आश्विन २०७८, बुधबार
   

दिलनाथ गिरीलाई मन्त्रीबाट हटाउन राप्रपाले पठायो पत्र


१४ पुस २०७४, शुक्रबार


काठमाडौं । सहरी विकासमन्त्री दिलनाथ गिरीलाई बर्खास्त गर्न  राप्रपाले सिफारिस गरेको छ ।

बिहीबार मन्त्रिपरिषद् बैठकमा राप्रपाका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापा र मन्त्री गिरीबीच भनाभन भएको थियो । थापाले बैठकमै गिरीको राजीनामा मागे पनि गिरी तपाइलाई नभई प्रधानमन्त्रीलाई राजीनामा बुझाउने हो भन्दै कड्किएका थिए ।

मन्त्रिपरिषद् बैठकमा चर्का चर्कि हुँदा पार्टी अध्यक्ष थापाले शुक्रबार पार्टीको बैठक डाकि गिरीलाई मन्त्रीबाट हटाउने निर्णय गरेका छन् । थापा आफैंले गिरीलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने पत्र प्रधानमन्त्री कार्यालयमा बुझाएका छन् ।

नयाँ संविधान अनुसार कुनै पनि मन्त्रीलाई हटाउन पार्टीले पत्र पठाउनुपर्ने हुन्छ । दलले सिफारिस गरेपछि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस