राजस्वमा ब्रह्मलुट, कामै नगरी वार्षिक २ अर्ब भत्ता बुझ्छन् १० हजार कर्मचारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राजस्वमा ब्रह्मलुट, कामै नगरी वार्षिक २ अर्ब भत्ता बुझ्छन् १० हजार कर्मचारी


१४ पुस २०७४, शुक्रबार


काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ, निजामती कर्मचारीले सरकार आफैँले दिएको पोसाक लगाएर कार्यालय गएबापत प्रोत्साहन भत्ता पाउँछन् । सरकारले केही वर्षदेखि निजामती कर्मचारीलाई पोसाक किन्न वार्षिक सात हजार रुपैयाँ भत्ता दिँदै आएको छ ।

यही रकमले किनेको पोसाक लगाएर अफिस जाने राष्ट्रपति कार्यालयका कर्मचारीले यस्तै प्रोत्साहन भत्ता पाइरहेका छन् । राष्ट्रपति कार्यालय एउटा उदाहरण मात्र हो, विशेष कामका नाममा प्रोत्साहन भत्ता खाने मन्त्रालय र कार्यालय मुलुकभरमा २६ वटा छन् ।

प्रभावशाली मन्त्रालय वा कार्यालयले सरकारलाई दबाब दिएर बर्षौदेखि विशेष कामका नाममा कामै नगरी प्रोत्साहन भत्ता खाइरहेका छन् । यसका लागि राज्यले वार्षिक २ अर्ब रुपैयाँ व्यायभार बोक्नुपरेको छ ।

चालू आर्थिक वर्षमा अर्थ मन्त्रालयले यही प्रोत्साहन भत्ताका लागि एक अर्ब ५० करोड ४६ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । विगतको खर्चलाई हेर्दा यो वर्ष ५० करोड रुपैयाँ थप्नुपर्ने व्यवस्था छ । विगतमा २ सय प्रतिशतसम्म रहेको प्रोत्साहन भत्ता अहिले तलब स्केलको ५० प्रतिशत छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस