‘एआईजी’ थप्न सशस्त्र प्रहरीमा दौडधुप « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘एआईजी’ थप्न सशस्त्र प्रहरीमा दौडधुप


१४ पुस २०७४, शुक्रबार


काठमाडौं । सशस्त्र प्रहरीले पाँच एआईजी थप गर्न गृह मन्त्रालयमा दबाब तीव्र पारेको छ । सशस्त्र प्रहरीले नेपाल प्रहरीको जस्तै सातै प्रदेशमा रहने बाहिनीको नेतृत्वका लागि एआईजी थप्न ‘लबिइङ’ गरेको हो ।

गृह मन्त्रालयले प्रदेशस्तरमा प्रहरीको बाहिनी राख्ने संरचना बनाएको थियो अहिले बाहिनीको नेतृत्व डीआईजीले गरिरहेका छन् । सशस्त्रले भनेजस्तै भए ५ डीआईजी थपिनेछन्। अहिले ६ एआईजी छन् ।

सशस्त्र प्रहरीका एक उच्च अधिकारीका अनुसार केही डीआईजीले आफ्नो ‘करिअर’ उकास्ने नाममा एआईजी थप्न महानिरीक्षकमाथि दबाब बढाइरहेका छन् । स्रोतका अनुसार महानिरीक्षक सिंहबहादुर बस्नेत पनि नेपाल प्रहरीमा जस्तै सातै प्रदशेमा एआईजीको नेतृत्वमा कार्यालय खोल्ने र त्यसका लागि एआईजी थप्ने पक्षमा देखिन्छन् ।

स्रोतका अनुसार एआइजी थप्ने पक्षमा निर्वाचनअघिदेखि नै राजनीतिक दबाब बढाइएको थियो । असारको अन्तिम साता गृह मन्त्रालयले नेपाल प्रहरीमा एआईजीको संख्या बढाएर ११ पुर्‍याएको थियो। त्यसपछि पनि बढुवामा चित्त नबुझेको भन्दै १५ पुर्‌याएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस