हेलिकोप्टरबाट हुम्लामा एस्काभेटर पुर्‍याइयो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

हेलिकोप्टरबाट हुम्लामा एस्काभेटर पुर्‍याइयो


१४ पुस २०७४, शुक्रबार


सल्लीसल्ला । छारे सडक निर्माणका लागि नेपाली सेनाको हेलिकोप्टरबाट एस्काभेटर हुम्ला सदरमुकाम सिमकोट पुर्‍याइएको छ । सेनाको हेलिकोप्टरले मंगलबार एस्काभेटरलाई सडक निर्माणस्थलमा पुर्‍याएको हो । एस्काभेटर पुगेसँगै सडक निर्माण सुरु भएको छ । नेपाली सेनाको हेलिकोप्टरले मुगुबाट एस्काभेटर सिमकोट लगेको हो ।

एस्काभेटर सल्लीसल्ला पुगेसँगै सडक निर्माण सुरु गरेको सडक निर्माणको जिम्मा लिएको सपना निर्माण कम्पनी धुलिखेल जेबीका प्रतिनिधि तेजबहादुर महतले जानकारी दिए । सल्लीसल्लादेखि सिमकोटसम्म ४६ दशमलव ९ किलोमिटर सडक निर्माणका लागि ३५ करोड बजेट विनियोजित भएको र १५ महिनाभित्रै सडकमा सवारी साधन गुडाउन सकिने महतले बताए ।

एस्काभेटर निर्माणस्थलमा पुगेसँगै सडक निर्माण सुरु गरेको हिल्सा सडक आयोजनाका सबइन्जिनियर वीरेन्द्र शाहीले बताए । ‘अब जतिसक्यो कामलाई चाँडो सम्पन्न गर्नेछौँ,’ उनले भने । सर्केगाड खोला र छारे पुल निर्माण सम्पन्न भए निर्धारित समयमै सडक निर्माण सकिने शाहीले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस