राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान


१३ पुस २०७४, बिहिबार


काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न राजनीतिक दलहरुलाई आह्वान गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ता गराउनुपर्ने हुन्छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको र राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न गरी संघीय संसद्को निर्माण गर्ने क्रममा निकट भविष्यमा नै हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले दलहरुलाई दल दर्ताका लागि आह्वान गरेको हो ।

यससम्बन्धी विस्तृत विवरण आयोगको वेवसाइट www.election.gov.np हेर्न सकिने आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस