रानीपोखरी पुनर्निर्माणमा कंक्रिट प्रयोग नगर्न निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रानीपोखरी पुनर्निर्माणमा कंक्रिट प्रयोग नगर्न निर्देशन


१३ पुस २०७४, बिहिबार


काठमाडौं । निर्माणाधिन रानीपोखरीमा कंक्रिटको प्रयोग नगर्न सरकारले निर्देशन दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रानीपोखरी पुरातत्व विभागले निर्धारण गरेको मापदण्ड अनुसार निर्माण गर्न काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको छ।

रानीपोखरीको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्त्वलाई आत्मसात गर्दै निर्माण कार्य अघि बढाउन निर्देशन दिएको हो ।

रानीपोखरीको पर्खाल पुनर्निर्माणमा आधुनिक निर्माण सामग्री कंक्रिटको प्रयोग गरेको भन्दै सम्पदाविद र स्थानीय विरोध गरिरहेका छन् ।

रानीपोखरी पुनर्निर्माणमाकै विषयलाई लियर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच पनि मतभेद रहदै आएको छ ।

बिहीबारै पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले पनि निर्माण सामग्रीमा आधुनिक निर्माण सामग्री प्रयोग नगर्न काठमाडौं महानगरपालिकालाई पत्राचार गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस