यी कस्ति क्रुर श्रीमती, जसले काटेर पोलेर खाइन् आफ्नै श्रीमानका ४ औंला « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यी कस्ति क्रुर श्रीमती, जसले काटेर पोलेर खाइन् आफ्नै श्रीमानका ४ औंला


१३ पुस २०७४, बिहिबार


काठमाडौं । दाङ जिल्लाको तुलसीपुरमा सुन्दै अचम्म लाग्ने घटना घटेको छ । तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ भम्के छोटे बस्ने ६४ वर्षीया रिसमी महतराले श्रीमान चन्द्रबहादुर महतराका चार औला काटेर पोलेर खाएकी छन् ।

उनलाई श्रीमानको हातका औंला काटेर पोलेर खाएको अभियोगमा तुलसीपुर प्रहरीले पक्राउ गरेको छ । उनले गएराति श्रीमान चन्द्रबहादुरको दायाँ हातका चार वटा औंला काटेर पोलेर खाएको उजुरी परेपछि पक्राउ गरिएको तुलसीपुर प्रहरीले जनाएको छ ।

पीडित चन्द्रबहादुरको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार हुन नसकेपछि थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस