एमालेले बोलायो स्थायी कमिटी बैठक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमालेले बोलायो स्थायी कमिटी बैठक


१३ पुस २०७४, बिहिबार


काठमाडौं । नेकपा एमालेले आज स्थायी कमिटी बैठक बोलाएको छ । माओवादी केन्द्रसँग पार्टी एकता, सरकार गठन, अध्यादेश लगायतका विषयमा छलफल गर्न एमालेले स्थायी समितिको बैठक आह्वान गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार आज दिउँसो १ बजे एमाले अध्यक्ष ओलीको निवास बालकोटमा बैठक बस्ने छ । समसामयीक राजनीतिक परिस्थितिका विषयमा छलफल गर्न बैठक बोलाइएको उनले बताए ।

बुधबार मात्रै अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पनि पार्टी एकता र समसामयिक राजनिक घटनाक्रमका विषयमा छलफल भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस