सडक दुर्घटनामा परी अभिनेत्री थापाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सडक दुर्घटनामा परी अभिनेत्री थापाको मृत्यु


१३ पुस २०७४, बिहिबार


काठमाडौं । सडक दुर्घटनामा परी अभिनेत्री विना थापाको मृत्यु भएको छ । बा ५५ प १३८७ नम्बरको स्कुटरमा सवार उनलाई राजधानीको बत्तीसपुतलीमा पानीट्यांकरले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

उनको स्कुटरलाई बा २ ख ८९४ नम्बरको पानीट्यांकरले ठक्कर दिएको हो । दुर्घटना भएलगत्तै वीर अस्पताल पुर्याइए पनि अस्पताल नपुग्दै उनको ज्यान गइसकेकाले चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गुल्मीको मुसिकोट गाउँपालिका—२ स्थायी घर भएकी २७ वर्षीया अभिनेत्री थापा काठमाडौं धापासी बस्दै आएकी थिइन् ।

उनी अभिनित फिल्म पिंजडा ब्याक अगेन रिलिजको पर्खाइमा छ।

प्रतिक्रिया दिनुहोस