राष्ट्रपति भण्डारी र प्रचण्डबीच भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति भण्डारी र प्रचण्डबीच भेटवार्ता


१३ पुस २०७४, बिहिबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार बिहान भेटवार्ता भएको छ ।

नयाँ सरकार गठन, राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश लगायतका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न उनी बिहीबार बिहान शितल निवास पुगेका छन् ।

राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेश दुई महिनादेखि रोकेको भन्दै आलोचना खेप्दै आएकी राष्ट्रपतिले राजनीतिक दलका शीर्ष नेताहरुसँग परामर्श गर्दै आएकी छन् ।

राष्ट्रपति भण्डारीलाई छिटो अध्यादेश स्वीकृत गर्न सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले दबाव दिँदै आएको छ । अध्यादेशमा एकल संक्रमणीय मत प्रणालीको व्यवस्था राखिएको भन्दै सबैभन्दा ठूलो दल एमालेले विरोध गर्दै आएको छ । दुवै दलको दवावमा परेको बेला समस्या समाधानका लागि राष्ट्रपति भण्डारीले राजनीतिक दलका शीर्ष नेताहरुसँग परामर्श गर्दै आएकी छन् ।

बुधबार मात्रै ओली र प्रचण्डबीच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस