२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्रीका लागि दौड

अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभामा दलहरूले जितेको सिट संख्या टुंग्याएलगत्तै मुख्यमन्त्रीका दाबेदार नेताहरूले आन्तरिक ‘लबिङ’ सुरु गरेका छन् । सातवटा प्रदेशमध्ये प्रदेश २ बाहेकमा वाम गठबन्धनको स्पष्ट बहुमत आएपछि ती दलबाट मुख्यमन्त्रीका आकांक्षीले ‘लबिङ’ तीव्र बनाएका हुन् । सरकारले निर्धारण गरेको वरीयतामा केन्द्र सरकारको उपप्रधानमन्त्रीसरहको मर्यादा रहने मुख्यमन्त्री प्रदेश सरकार प्रमुख हुनेछ । शक्तिशाली र आकर्षक पद भएका कारण प्रदेश सभामा निर्वाचित एमाले र माओवादी केन्द्रका ‘हेभिवेट’ नेताहरूले सार्वजनिक रूपमै आफूलाई दाबेदारका रूपमा उभ्याएका छन् । अहिलेसम्म दुई दर्जन नेता यो दौडको अग्रपंक्तिमा छन् ।

वाम गठबन्धनको ठूलो दल एमालेले पाँच र माओवादी केन्द्रले दुई प्रदेशमा दाबी प्रस्तुत गरेका छन् । जसअनुसार एमालेले १, ३, ४, ५ र ७ तथा माओवादी केन्द्रले ६ र ७ नम्बर प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन् । प्रदेश नम्बर १ र ३ मा एमालेले एकल सरकार गठन गर्न सक्ने गरी बहुमत प्राप्त गरेको छ । २ नम्बरबाहेक बाँकी प्रदेशमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा छ भने माओवादी ६ वटै प्रदेशमा तेस्रो स्थानमा छ ।

एमाले र माओवादी केन्द्रले केन्द्रीय सरकार र प्रदेश सरकार गठन प्याकेजमै टुंगो लगाउने गरी अनौपचारिक छलफल थालेका छन् । अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्य शीर्ष नेताहरूलाई समेत नराखी दुवै सरकार गठन र पार्टी एकताका सन्दर्भमा ‘पदीय भागबन्डा’ प्याकेजमै टुंग्याउने गरी छलफल थालेका हुन् ।

बिहीबार दुई नेताले राति अबेरसम्म केन्द्र र प्रदेश सरकारसहित पार्टी एकताका विषयमा लामो कुराकानी गरेका थिए । ‘हामीले माओवादी केन्द्रसँग चुनावी तालमेल र पार्टी एकता मुलुकमा एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्देश्यसहित गरेका हौँ, त्यसैले न हामीले सबै प्रदेशमा एकलौटी सरकार बनाउँछौँ भनेका छौँ, न उहाँहरूले भन्नुहुन्छ,’ एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले भने, ‘को कहाँ मुख्यमन्त्री बन्नेभन्दा पनि सम्बन्धित प्रदेशको आवश्यकताअनुसार टुंगो लगाउने तयारीमा छौँ, योग्यतमभन्दा योग्यतम साथीहरूलाई जिम्मेवारी दिन्छौँ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments