२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिको निर्णय कुर्दै प्रधानमन्त्री

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपतिबाट राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश स्वीकृत भएपछि राजनीति सहज रूपमा अघि बढ्ने विश्वासमा छन् । संवैधानिक रूपमा अध्यादेश सही भए पनि एमालेले पेल्न खोजेको बुझाइ सरकारको छ । ‘सरकारलनियम र कानुनको परिधिभित्रै बसेर अध्यादेश राष्ट्रपति कार्यालय पठाएको हो । प्रधानमन्त्री कहिले अध्यादेश स्वीकृत हुन्छ भनेर कुरेर बस्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने, ‘अध्यादेश पास भएपछि सरकारले राष्ट्रिय सभाको निर्वाचनको मिति घोषणा गर्छ, प्रतिनिधिसभाले पूर्णता पाउँछ अनि नयाँ सरकारको बाटो खुल्छ ।’

राष्ट्रिय सभामा निर्वाचन हुँदा सबै दलबाट महिलाको प्रतिनिधित्व नभएमा समानुपातिकको बन्दसूचीबाट महिलाको संख्या मिलाउनुपर्ने भएकाले पनि राष्ट्रिय सभा गठन पहिले हुनुपर्ने अडानमा सरकार र कांग्रेस छन् । अध्यादेश राष्ट्रपतिकोमा अड्किएपछि प्रधानमन्त्री देउवाले गत शुक्रबार पहिलोपटक नयाँ जनादेश प्राप्त पाँच दल एमाले, कांग्रेस, माओवादी, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमको बैठक बोलाएका थिए ।

सो बैठकमा सरकारले महिलाको प्रतिनिधित्वका लागि पहिले राष्ट्रिय सभा गठन गठन हुनुपर्ने, अध्यादेश कानुनसम्मत भएको र अध्यादेश स्वीकृत भएपछि संसद्ले पूर्णता पाउने र नयाँ सरकारको बाटो खुल्ने भन्दै एमाले, माओवादी र राजपा र फोरमका नेतालाई सम्झाएका थिए । एमालेबाहेकका तीन दल एकल संक्रमणीय विधिबाटै राष्ट्रिय सभाको निर्वाचन गर्ने विषयमा नरम भएका थिए । एमाले बहुमतकै आधारमा राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्ने अडानमा छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments