महँगी बढ्यो : राष्ट्र बैंक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महँगी बढ्यो : राष्ट्र बैंक


१० पुस २०७४, सोमबार


राष्ट्र बैंक

काठमाडौं । कात्तिकमा वस्तु र सेवा दुवै समूहको मूल्य वृद्धि भएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो चौमासको तथ्यांक सार्वजनिक गर्दै कात्तिक महिनामा मूल्य वृद्धि उकालो लागेको जनाएको हो । असोजमा तीन दशमलव एक प्रतिशत रहेको मूल्य वृद्धि कात्तिकमा आइपुग्दा तीन दशमलव नौ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो मूल्यवृद्धि चार दशमलव आठ प्रतिशत थियो ।

२०७२ को कात्तिकमा भूकम्प र नाका बन्दीको कारण मूल्य वृद्धि १०.४ प्रतिशत पुगेको थियो । दुई वर्ष अघिको मूल्यका आधारमा यस वर्ष वस्तु तथा सेवाको मूल्य घटे पनि यस वर्षको पहिलो चार महिनामा भएको मूल्य वृद्धिमध्ये कात्तिक महिनामा सबैभन्दा बढी हो ।

त्यतिबेला भूकम्प र यसपछिको परकम्पनका कारण देशको आर्थिक अवस्था डामाडोल थियो । त्यसपछि भारतीय नाकाबन्दीका कारण देशभित्र वस्तुको मूल्य बढेर छोइनसक्नु भएको थियो । गत वर्षसम्म भूकम्प र नाकाबन्दीको असर रहे पनि विस्तारै बजार मूल्य भने सहज बन्दै गयो । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस