२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजधानी राजनीति

अ+ अ-

काठमाडौं । सरकारले प्रदेशका राजधानी घोषणा गर्ने तयारी सुरु गरिरहेको समयमा विभिन्न स्थानमा आफ्नो सहरलाई राजधानी बनाउनुपर्ने माग गर्दै दबाबमुलक आन्दोलन सुरु भएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाकै चुनावमा कतिपय उम्मेदवार राजधानीको विषयलाई आफ्नो चुनावी अजेन्डा बनाएर प्रतिस्पर्धामा होमिएका थिए । यसको प्रभावका कारण पनि आन्दोलन बाक्लिँदैछ ।

राजधानी घोषणा हुनुपर्ने माग राखी बन्दसहितका दबाबमुलक कार्यक्रम सञ्चालन भएसँगै दैनिक जनजीवनसमेत कष्टकर बनेको छ । यसले यो विषयलाई अझै जटिल बनाएको छ । चार नम्बर प्रदेश र छ नम्बर प्रदेशबाहेक अन्यत्र राजधानीको विषयमा तानातानी सुरु भएको छ । चार नम्बरको पोखरा र छ नम्बरको सुर्खेतको वीरेन्द्रनगरमा राजधानी रहनेमा सबै पक्षबीच करिबकरिब सहमति छ ।

एकै दलका नेतासमेत राजधानी कुन ठाउँमा भन्ने विषयमा विभाजित बनेका छन् र आफ्नो सहर तथा पायक पर्ने स्थानमा राजधानी हुनुपर्ने माग गर्दै आएका छन् । एक नम्बर प्रदेशमा धनकुटा, धरान, इहटरी, इनरुवा र विराटनगरजस्ता सहरले राजधानीको दाबी गर्दै आएका छन् । धनकुटामा केही दिनदेखि राजधानी घोषणा गर्नुपर्ने माग गर्दै बन्दसहितको आन्दोलन जारी छ।

प्रतिनिधिसभामा नवनिर्वाचित सांसद राजेन्द्र राई धनकुटालाई तत्काल अल्पकालीन राजधानी घोषणा गर्न दबाब दिन जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलको नेतृत्वमा गर्दै काठमाडौं आएका छन् । उनी प्रदेशसभाका दुवै सांसद, मेयर, उद्योग वाणिज्य संघ र अन्य राजनीतिक दलका नेताका साथ राजधानी आएका हुन् ।

‘तत्काल अल्पकालीन रुपमा राजधानी धनकुटामा तोकिनुपर्छ । पहिले पनि यो पूर्वाञ्चलको केन्द्र रहँदै आएको हो,’ राईले भने, ‘धनकुटाले तराई, पहाड र हिमाल तीनै क्षेत्रलाई जोड्छ । राजधानीका लागि नयाँ पूर्वाधार पनि बनाइरहनुपर्दैन ।’ राई एमाले धनकुटाका अध्यक्ष हुन् ।

एमालेबाट उम्मेदवार बनेर चुनाव जितेका मोरङ–६ का सांसद लालबाबु पण्डित राजधानी विराटगर हुनुपर्ने लबिङमा छन् । उनले आफ्नै निर्वाचन क्षेत्र पर्ने पूर्वाञ्चलको सबैभन्दा ठूलो सहर विराटनगरलाई राजधानी बनाउन दबाबमूलक कार्यक्रम चलाउँदै आएका छन् । ‘पहिले धनकुटालाई विकास क्षेत्रको केन्द्र तोके पनि वास्तविक केन्द्र विराटनगर नै थियो । धनुकटामा सानो बोर्ड र विराटगरमा ठूलो बोर्ड झुन्डिन्थ्यो,’ पण्डितले भने, ‘बृहत्तर विराटनगरको अवधारणाअनुसार विकास गर्दैै प्रदेश नम्बर एकको राजधानी बनाउनुपर्छ ।’ विराटनगरलाई राजधानी बनाउनुपर्नेमा कांग्रेसका मीनेन्द्र रिजाल, माओवादी केन्द्रका अमनलाल मोदीसहितका सांसद लागेका छन् । सुनसरीका तरहरासम्मका क्षेत्रलाई जोडेर राजधानी बनाउनुपर्ने तर्क पण्डितको छ। आजको नारिक दैनिकमा खबर छ ।

0 Comments