गजल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गजल


८ पुस २०७४, शनिबार


दिल सित्तैमा धड्कन सित्तैमा ।।
सकियो यसरी बचपन सित्तैमा ।।

साहुबाले दुईछाक खानाको लागि ।
लुटेका हुन् मेरो जोबन सित्तैमा ।।

सुन्दर तन होइन मन हेरोस उसले ।
होस यस्तै ब्यक्तिको आगमन सित्तैमा ।।

छोरा र छोरीमा भेदभाव गर्नु हुन्न भन्ने ।
समाजमा आओस यस्तै चलन सित्तैमा ।।

बन्दुक होइन औजार लिएर आउनुस ।
गर्नुपर्छ बिकासको ऊद्घाटन सित्तैमा ।।

Tags :
प्रतिक्रिया दिनुहोस