२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाँडा माझेर उपचार खर्च जोहो

अ+ अ-

बागलुङ । रिमा सुनार । घर बडिगाड गाउँपालिका–६ भीमगिठे, बागलुङ । उमेरले बल्ल १६ वर्ष टेक्यो । झट्ट देख्ने मानिस उनलाई देखेर तर्सिन्छन् पनि । कारण उनको आँखामा ठूलो मासु बाहिरै देखिन्छ । आँखा फुटेजस्तो दृश्य देखिने भएकाले उनको स्याहारसुसारमा पनि कठिनाइ भएको रिमाका आफन्त बताउँछन् ।

रमाइलो गर्ने उमेरमा उनी आँखामा देखिएको अस्वाभाविक समस्याका कारण तनावमा छिन् । गाउँकै विद्यालयमा भर्खर पढाइ सुरु गरेर प्राथमिक तहमा पढ्दै गर्दा आँखामा समस्या देखिएपछि पढ्ने अवसरबाट समेत उनी वञ्चित भइन् । तर परिवारको आर्थिक अवस्था, चेतना, शिक्षालगायतको चरम अभावका कारण उपचारमा कसैले पनि ध्यान दिएनन् । ‘जन्मिँदा यस्तो थिएन, सातरआठ वर्षको हुँदादेखि आँखामा सानो मासु देखिन थालेको हो’, रिमाको उपचार र तथा हेरचाहमा संलग्न उनकी फुपू संगीता सुनारले भनिन्, ‘गत भदौमा आँखा दुख्यो, जाँच गराउन जान्छु भनेर स्वास्थ्य चौकी गएकी थिइन्, त्यही बेला झन् स्वास्थ्य चौकीको ढोकामा आँखा ठोक्किँदा मासु डरलाग्दो हिसाबले बढेको देखियो ।’

उपचारमा जाँदा आँखा ठोक्किएर बढेपछि धेरैले उनको मुखमा हेर्नसमेत सकेनन् । ‘सबै जना अचम्भित भए र आँखा फुट्यो भनेर डराए’, संगिताले थपिन्, ‘मैले नै साहस गरेर भरतपुर, चितवन, भैरहवासम्म पुर्याएँ, तर उल्लेख्य सुधार हुन नसकेपछि काठमाडौँ लगेका हौँ ।’

पछिल्लोपटक काठमाडौंको कीर्तिपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गरिएको छ । रिमाका बुबाआमा पनि छन् । तर आमा लक्ष्मी त्यति धेरै नबुझेकी, बुबा थमनबहादुर सुनारले पनि कान नसुन्ने र शरीरभर घाउ भएकाले छोरीको उपचारमा सँगै जान सकेका छैनन् । ‘बिहे गर्ने उमेर हुन लाग्यो, अस्पतालकै शड्ढयामा हुँदा म त मर्छु होला भनेर रुन्छिन्, रिमाको भविष्य सम्झेर उपचारका लागि म नै भौंतारिएकी छु’, संगीताले भनिन्, ‘देशविदेशबाट धेरथोर सहयोग त आउन थालेको छ । तर उपचारका लागि पैसा नहुँदा बिरामी राख्ने होटलमै भाँडा माझेर भए पनि उपचार गराउने गरेकी छु।’

रिमाको उपचारका लागि अहिलेसम्म दुई लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । ‘गाउँबाट काठमाडौं पुग्दा ‘१६/१७ सय भाडा एक जनाको लाग्छ, तीनरचारजना एकैपटकमा जाँदा मात्र पनि आठ/दस हजार खर्च लाग्छ’, रिमाका बुबा थमनबहादुरले सांकेतिक भाषामा भने, ‘हाम्रो केही उपाय छैन, हजुरहरूकै हात एवं भगवान् भरोसामा छौं ।’

रिमाको आँखाको नानी ठीक भएको र बाहिर गहिरो घाउ देखिएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ । थप उपचारका लागि केही दिनमा पुनः खर्च जुटाएर अस्पताल लैजाने आफन्तको तयारी छ । रिमाको उपचार सम्भव भएको र त्यसका लागि साढे २ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने आस्पतालले बताएको संगीताले जानकारी दिइन् । रिमा लक्ष्मी र थमनबहादुरका सात सन्तानमध्ये माइली छोरी हुन् । सुनार दम्पतीका पाँच छोरी र दुई छोरा छन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

0 Comments