‘म समानुपातिकमा पर्छु त ?’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘म समानुपातिकमा पर्छु त ?’


६ पुस २०७४, बिहिबार


काठमाडौं । विभिन्न दलका समानुपातिकतर्फका ९ जना उम्मेदवार सोमबार निर्वाचन आयोगको समानुपातिक एकाइमा पुगे । उनीहरू आफू सांसद बन्न पाइन्छ या पाइँदैन भन्ने जिज्ञासा लिएर त्यहाँ पुगेका थिए । एकाइका कर्मचारीसँग उनीहरूले एकएक गरी सोधे, ‘समानुपातिकमा म पर्छु कि पर्दिनँ ? महिला नै चाहिने हो र ? क्रमसंख्या तलमाथि गर्न पाइन्छ कि पाइँदैन ?’

समानुपातिकतर्फको मतगणना भएको एक साता हुन लाग्दा पनि दलहरूले पाउने सिटसंख्या आयोगले सार्वजनिक गर्न सकेको छैन । एकाइका कर्मचारीका अनुसार यसरी सोध्न जानेमध्ये धेरैजसो पुरुष थिए । आयोगका एक कर्मचारीले भने, ‘समानुपातिक सांसदमा हामी पर्छौं कि पर्दैनौं ? आफन्त पर्छन् कि पर्दैनन् भन्न आउँछन् । सोमबार मात्रै ९ जना आए ।

कानुनतः समानुपातिकमा ३३ प्रतिशत महिला पुर्याउनुपर्ने बाध्यता छ । त्यस्तै जनसंख्याका आधारमा विभिन्न जातजातिको क्लस्टरअनुसार समानुपातिक प्रतिनिधित्व गराउनुपर्नेछ । ‘पार्टीका चिनिने नेता आउँदैनन् । बीचका र समानुपातिकमा नाम नआउने खालका नेतामात्र सोध्न आउँछन्,’ समानुपातिक एकाइका एक कर्मचारीले हाँस्दै भने । कानुनअनुसार क्रमसंख्या र क्लस्टर मिच्न नपाइने जबाफ दिएर पठाउने गरेको उनले बताए । व्यक्तिगत रुपमा सोध्न आएकालाई कानुन र विधिबारे बताइदिने गरेको जानकारी उनले दिए । केही उम्मेदवार त समानुपातिक निर्वाचन प्रणाली नै नबुझेको भन्दै सोध्न पुगेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस