२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवा मार्फत देशकै सेवा पो गर्ने हो कि !

अ+ अ-

राजधानीको मुटु नयाँ वानेश्वर चोकबाट केही मिटरको दूरीमा शंखमुल ओरालोमा रहेको लोक सेवा परीक्षाको तयारीका लागि चर्चित  ‘चैतन्य इन्ष्टिच्युट’का प्रबन्ध निर्देशक हुन् गणेश प्रसाद जोशी । खरिदार देखि सहसचिवसम्मको ‘तयारी कक्षा’ संचालन गर्दै आएका जोशी आफ्नो क्षेत्रमा नयाँ नयाँ कन्सेप्ट ल्याइरहन्छन् ।

यही सिलसिलामा केही दिन अघि जोशी लगाएत अन्य केही युवाहरुद्धारा संचालनमा ल्याइएको ‘एप्पल करियर एकेडेमी’को आयोजनामा नेपालमै पहिलो पटक लोक सेवा शिविर सम्पन्न गरेको छ । देशमा बढ्दो बेराजगारी र लोक सेवा प्रति युवाहरुको बढ्दो आकर्षणका बीच संचालन गरिएको यस शिविरबाट सयौं युवाहरु त प्रत्यक्ष लाभान्वित भए नै, देशभरीबाट थप शिविर संचालन हुनुपर्ने मागले आयोजकलाई हौस्याएको छ । यसै सेरोफेरोमा रहेर प्रशासन डटकमले शिविरका संयोजक गणेश प्रसाद जोशीसंग गरेको कुराकानी ।

भर्खरै लोकसेवा शिविर सम्पन्न गर्नुभयो, कस्तो रह्यो सहभागिता ?
लोकसेवा आयोग तयारी शिविर नाम गरेर आयोजना गरेको यो पहिलो कार्यक्रम हो । यस कार्यक्रममा सहभागीहरुको संख्या हामीले सोचे भन्दा निकै नै उत्साहजनक देखियो ।

प्रदर्शनीमार्गस्थित ल क्याम्पसको हलमा ठाउँ नपुगेपछि दोस्रो र तेस्रो दिनको कार्यक्रम किर्तिपुरस्थित शिक्षा संकायको अडिटरियम हलमा संचालन गर्नुभयो हैन त ? त्यति धेरै सहभागी कहाँबाट आए ?
मैले अघि भने झै कार्यक्रममा उपस्थिती सोचे भन्दा निकै नै बढि भएपछि हामीले वैकल्पिक व्यवस्थाका लागि किर्तिपुरस्थित शिक्षा संकायको अडिटरियम हलमा संचालन गर्नु पर्ने अवस्था भयो । समग्रमा यो शिविर एउटा महोत्सव नै भयो ।

राजधानीमा देशभरीबाट मानिसहरु आउँछन् त्यसमध्ये पनि पढाइका साथसाथै अवसरको खोजीमा आउने युवायुवतिहरुको संख्या अत्याधिक छ । लोक सेवा खुल्ने वित्तिकै फाराम भर्नेको तछाड मछाड हुने गरेको अवस्थामा हामीले जुन शिविर संचालन गर्यौं लोकसेवा सम्बन्धि तयारी गरिरहेको र लोकसेवाप्रति आकर्षित युवायुवतिहरु सहभागी भए । त्यो पनि हामीले जम्मा दुइतिन दिनको फेसबुकमा राखेकै आधारमा । यदि अलि धेरै दिन बिभिन्न पत्रपत्रिकाहरुमा सूचना गरेको भए त थेग्नै नसकिने रहेछ भन्ने कुरा शिविर संचालन गर्दैगर्दा हामीले महसुस गरेको कुरा हो ।

उभिएर पनि युवाहरुले क्लास लिए । यसले लोक सेवा प्रति युवाको आकर्षण अत्याधिक रहेको देखियो हैन त ?
निश्चित रुपमा लोक सेवा आयोगप्रति युवाहरुको बढ्दो आर्कषण रही आएको छ । यसो हुनुको कारणहरुः एउटा त देशमा बढ्दो बेरोजगारी नै हो र अर्को निजामती सेवाप्रतिको आकर्षण र लोकसेवा आयोगले अवलम्वन गरेको निश्पक्ष छनौट प्रणाली नै हो ।

सम्भवतः नेपालमै पहिलो पटक आयोजना गरिएको यस शिविरको कोर्ष कस्तो थियो । अर्थात शिविरमा के के सिकाइयो ?
नेपालमा यस्तो खालको कार्यक्रम पहिलो नै हो । यस शिविरमा नेपाल सरकारका पूर्वमूख्य सचिव देखि हालै मात्र लोक सेवा आयोगबाट शाखा अधिकृत पदमा एक नम्बरमा सिफारिश भएका व्यक्तित्वहरु लगायत, लोक सेवा आयोग तयारीका लागि निकै नै लोकप्रिय पुस्तकहरुका लेखकहरु तथा बजारमा अत्याधिक रुचाइएका प्रशिक्षकहरु एवं दशकौं लामो समय देखि लोक सेवा आयोग तयारी कक्षाहरु सञ्चालन गरिरहेका संस्था सञ्चालकहरुका अनुभव र विषय वस्तुहरुसंग सम्वन्धित ज्ञान प्रदान गरियो । परीक्षामा आत्म विश्वास पनि अति आवश्यक हुने भएकोले नयाँ युवायुवतिहरुलाई आत्म विश्वास जगाउने र कसरी पढ्ने भन्ने विषयमा नै बढी केन्द्रित रहेर माइन्ड टेक्नोलोजी लगाएत मेमोरी टिप्सहरुको पनि कक्षा संचालन गरियो ।

शिविरमा क कसले प्रशिक्षण दिए ?
यस शिविरमा नेपाल सरकारका पूर्वमुख्य सचिव, वहालवाला सहसचिव, उपसचिव, हालै एक नम्बरमा शिफारिस भएका शाखा अधिकृत, लोक सेवा सम्बन्धी दर्जनौ पुस्तका लेखकहरुले कक्षा लिनु भएको थियो ।

सहभागिहरुको प्रतिक्रिया कस्तो पाउनु भयो ?
सहभागिहरुले निकै नै सकारात्मक एवं उत्साहजनक प्रतिक्रिया दिएका छन् । वहाँहरुको प्रतिक्रियाले आयोजकलाई थप सृजनशिल कार्यका लागि प्रोत्साहित गरेको छ ।

शिविरले देशव्यापीरुपमा चर्चा पायो । खासगरी लोक सेवा आयोगको तयारीमा रहेका युवायुवतिहरुबाट थुप्रै प्रतिक्रिया पनि आएको भन्नुभयो । उपत्यका बाहिर पनि शिविर संचालन गर्ने बारे केही सोचिरहनु भएको छ कि ?
शिविरको आयोजना हुँदैछ भन्ने जानकारी सार्वजनिक भएसंगै उपत्यका बाहिरबाट पनि धेरै नै माग भएको छ । हामी समयको उचित व्यवस्थापन गरेर देशका विभिन्न भुभागमा जाने तयारी गर्दैछौ ।

हाम्रो उद्येश्य केवल व्यावसायिक लाभ लिने मात्र नभई तमाम नेपाली युवाहरुलाई आफनै देशमा भविष्य खोज्न प्रेरित गर्नु पनि हो । विशेषगरी लोक सेवा आयोग मार्फत गरिने पदपूर्तिको छनौट प्रक्रिया योग्यता प्रणालीमा आधारित छ । जहाँ एउटा युवा जो आफनो क्षमतामा विश्वास गर्छ उसको क्षमताप्रति पूर्ण न्याय लोक सेवाले गर्दछ भन्ने कुरा सुचित गर्न पनि देशभरी नै यस्ता खालका कार्यक्रमहरु निरन्तर संचालन गर्दै लैजाने लक्ष्य रहेको छ ।

यस्ता खाले कार्यक्रम त राज्यबाटै संचालन भइ दिएको भए अझ धेरै प्रभावकारी हुन्थ्यो नि हैन, यहाँलाई के लाग्छ ?
राज्यबाट हुनु पर्ने त थुप्रै कामहरु छन् । तर पनि राज्यले गरेन भनेर हामी आफ्नो दायित्ववाट पन्छिन मिल्दैन । हरेका कुरा राज्यबाट मात्रै अपेक्षा गरेर गुनासो मात्रै गर्नुभन्दा सबैले आ–आफनो क्षेत्रबाट केहि सकारात्मक कार्यहरु गर्नु पर्दछ । तथापि लोक सेवा तयारी सम्बन्धि यस्ता खालका अभिमुखिकरण कार्यक्रम लोक सेवा आयोग लगायत राज्यका सरोकारवाला निकायहरुले आयोजना गर्दा अति उत्तम हुने देखिन्छ ।

युवाहरुलाई लोकसेवा आयोगप्रतिको आकर्षण बढाउन संगसंगै र केही मात्रामा भएपनि लोकसेवा निकै कठिन हुन्छ भनेर जुन मनमा एक किसिमको डर पैदा भइरहेको हुन्छ त्यसलाई हटाउन निकै ठूलो सहयोग पुर्यायो भन्न मिल्यो हैन त ?
निःसन्देह यस्ताखालका कार्यक्रमले शैक्षिक युवाहरुलाई लोकसेवा आयोगप्रति आकर्षण बढाउँछ नै । त्यति मात्रै होइन वहाँहरुको पेशागत छनौट रुचि नै परिवर्तन गरि निजामतीलाई उत्तम विकल्पको रुपमा लिन पनि प्रेरित पनि गरेको छ ।

जहाँसम्म लोक सेवाको परीषाप्रति धेरै यूवायुवतिहरुको मनमा एक किसिमको डर पैदा भएको हुन्छ त्यसलाई त धेरै सहज बनाइ दिएको छ । अहिले पनि धेरैलाई सोध्ने हो भने लोक सेवा पास गर्न निकै कठिन छ । सकिँदैन । हामी जस्ताले सक्दैनौं भनेर क्षमता हुँदाहुँदै पनि आत्मविश्वास नभएकै कारण परीषाबाट भागिरहेका र परीक्षा दिनेहरुले पनि डराइ डराइ दिने परीक्षामा सहभागी हुने गरेको अवस्था छ जति शिविरमा सहभागी भए ति युवायुवतिहरुको आत्मविश्वास बढाउन सक्यौं भन्नेमा हामी विश्वस्त छौं ।

राजधानीको मुटुमा लोकसेवाका लागि चर्चित चैतन्य इन्ष्टिच्युट संचालन गर्दै आउनु भएको छ, ब्यावसायीक इन्टिच्युट छोडेर किन निशुल्क शिविरतिर लाग्नुभयो ? ब्यापारमा पनि त बढोत्तरी हुन्छ होला नि हैन ?
हरेक व्यावसायीक संस्थाका सामाजिक दायित्वहरु पनि हुन्छन् । हामी जुन क्षेत्रमा कार्यरत छौ त्यहि क्षेत्रमा केहि नयाँ आयाम थप्ने सृजनशिल काम गर्नु पनि हाम्रो जिम्मेवारी भित्र पर्दछ । तसर्थ हरेक गतिविधिलाई नाफा नोक्सानको दृष्टिकोणले मात्रै हेरिनु हुँदैन भन्ने हाम्रो मान्यता रहेको छ ।

सामाजिक उत्तरदायित्वको जिम्मेवारी निर्वाह गर्न र देशका शैक्षिक, प्रतिस्पर्धात्मक एवं होनहार युवाहरुलाई लोक सेवा आयोगको भर्ना प्रक्रियामा सामेल हुन प्रेरित गराइ निजामती सेवामा सकरात्मक परिर्वतनको परिकल्पना सहित यो शिविरको आयोजना गरिएको हो ।

यहाँका आगामी योजनाहरु के छन् ?
हाम्रा आगामि योजनाहरु विशेष गरि लोक सेवा आयोगको तयारी कक्षाहरुमा परिणाममुखी, प्रभावकारी एवं अर्थपूर्ण सिकाई प्रणालीको विकास गर्न प्रयत्नरत रहने रहेको छ । लोक सेवा आयोग तयारीमा रहनु भएका तमाम क्षमतावान् महानुभावहरुका लागि यस्ता खालका निःशुल्क तथा सःशुल्क कार्यक्रमहरुको आयोजनाका साथै गुणस्तरीय लोक सेवा आयोग तयारी सामाग्रीहरुको प्रकाशन गर्ने नै रहेको छ । समग्रमा भन्नुपर्दा सक्षम जनशक्ति विकासमा आफनो क्षेत्रबाट इमान्दार प्रयास जारी रहने छ ।

थप केही भन्न चाहनुहुन्छ कि ?
राज्यले आवश्यकता अनुसारको रोजगारको अवसर प्रदान गर्न नसकेको कुरा सत्य हो । तर पनि लोक सेवा आयोगले आव्हान गर्ने विज्ञापन मार्फत सृजित अवसरहरुको सदुपयोग गर्न सके आफनै देशमा स्वर्णिम भविष्य नभएको पनि होइन ।

तसर्थ समस्त सक्षम युवाहरुले एक पल्ट राज्यले प्रदान गरिरहेको यो अवसरको पाटोलाई अंगाल्न कम्मर कस्ने हो कि ? लाखौ खर्च गरेर बिदेश गई अरुको नोकर बन्नुभन्दा लगनशिलता एवं क्षमता प्रर्दशन गरि निजामती सेवा मार्फत देशकै सेवा पो गर्ने हो कि ! मनन गरौ, कर्मवीर नेपाली युवाहरु !

0 Comments