एभरेस्ट प्रिमियर लिगमा विराटनगर वारियर्स विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एभरेस्ट प्रिमियर लिगमा विराटनगर वारियर्स विजयी


५ पुस २०७४, बुधबार


काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले पोखरा राइनोजलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय खेल मैदानमा आज भएको खेलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेतृत्व गरेको विराटनगरले पोखरा राइनोजलाई तीन विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो ।

टस हारेर ब्याटिङ गरेको पोखराले विराटनगरलाई १२३ रनको लक्ष्य दिएको थियो । विराटनगरले विजयी लक्ष्य १९.४ ओभरमा ७ विकेट गुमाएर भेट्टायो । विराटनगरको जितमा अन्सुमान रथले सर्वाधिक ६० रनको योगदान दिए । बाबर हायातले २२ र पारस खड्काले ११ रन बनाए ।

बलिङतर्फ पोखराका लागि इसरुल्लाह र सुसन भारीले दुई/दुई विकेट लिए । सुनिल धमला र कप्तान शक्ति गौचनले एक/एक विकेट लिए ।

पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२२ रन जोडेको थियो । पोखराका लागि राजेश पुलामी मगरले ३०, इसरुल्लाहले २१, सुनिल धमलाले र ताज वालीले १८/१८ तथा सौरभ खनालले १६ रन बनाए ।

बलिङतर्फ विराटनगरका पारस खड्काले तीन, वसन्त रेग्मी, रामनरेश गिरी र अविनास कर्णले एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस