वीरगञ्जको सुपर ग्यास उद्योगमा भीषण आगलागी, दुई जनाको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

वीरगञ्जको सुपर ग्यास उद्योगमा भीषण आगलागी, दुई जनाको मृत्यु


५ पुस २०७४, बुधबार


वीरगञ्ज । वीरगञ्ज उपमहानगरपालिका बहुवरी स्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ । बिहान ६ बजेदेखि आगलागी भएपनि नियन्त्रणमा आएको छैन ।

आगलागीमा परी २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । २ जना घाइते भएका छन् । प्रहरीका अनुसार आगो निभाउन गएका दमकलका कर्मचारीहरु मधुसुदन मिश्र, यादवप्रसाद अधिकारीको मृत्यु भएको छ भने चालक अरुणकुमार महतो र फायरम्यान सञ्जीवकुमार नेपाल घाइते छन् ।

आगो नियन्त्रण गर्न विरगन्ज महानगरपालिकाको दमकल र प्रहरीले प्रयास गरिरहेका छन् । तर, आगो अझै नियन्त्रणमा आएको छैन ।

आगो निभाउन प्रयोग गरिएको दमकल समेत आगलागीमा परेको छ । उद्योगमा ग्यास सिलिन्डर पड्किएको आवाज आएको छ । ग्यास उद्योग वरिपरिको बस्ति खालि गर्न लागिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस