समानुपातिकको परिणाम, चुपचाप छ आयोग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

समानुपातिकको परिणाम, चुपचाप छ आयोग


४ पुस २०७४, मंगलबार


काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको र फटाफट गणना सकेर प्रत्यक्षतर्फको परिणाम दिन सफल भएको निर्वाचन आयोगको गतिमा यतिबेला ‘ब्रेक’ लागेजस्तो भएको छ ।

समानुपातिकतर्फको गणना सकिएको छ, तर आयोगले त्यसको औपाचरिक घोषणासमेत गर्न सकेको छैन ।

निर्वाचन र गणना अवधिमा दिनदिनै प्रेस विज्ञप्ती निकाल्ने आयोगले यतिबेला समानुपातिकको परिणाम बारे भने मौनता साँधेको मात्रै छैन, त्यसको प्रक्रिया कसरी लम्ब्याउने उपायको खोजीमा देखिन्छ । कुल सदर मत कति भए, त्यसमा दलहरुले कति कति कति मत पाए, बदर मतको अवस्था के रह्यो आयोगले केही भनेको छैन । आयोगको वेब साइटमा मत परिणाम राखिए पनि त्यो सकिएको हो वा होइन कतै खुलाइएको छैन ।

आयोगका प्रवक्ता सहसचिव नवराज ढकाल भने आयोगले ढिलाई गरेको कुरालाई अस्विकार गर्छन् । उनले प्रत्येक निर्वाचन अधिृकतबाट मतगणनाको प्रमाणित प्रतिलिपी मगाउने काम भइरहेको बताए । ‘त्यसले केही समय लिएको हो, फेरि आएका कपीलाई भेरिफाई गर्ने, दलहरुले पाएको देशभरको मत जोड्ने लगायतका प्रक्रियागत काम भइरहेको छ,’ उनले भने ‘सक्दो छिटो परिणाम दिने गरी काम भइरहेको छ ।’

उनले त्यसो भने पनि रोकिएको राष्ट्रियसभाको चुनावी प्रक्रियाले आयोग अलमलमा परेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस