३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुष १९ गतेबाट ‘श्रीमान् वीरबहादुर’ मञ्चन हुँदै

अ+ अ-

काठमाडौं । ‘नाटक घर निर्माणका लागी नाटक’ भन्ने अभियान सहित पुष १९ गतेबाट चितवन स्थित नारायणी कला मन्दिरमा ‘श्रीमान् वीरबहादुर’ मञ्चन हुने भएको छ । रामलाल जोशीको मदन पुरस्कार बिजेता कथा संग्रह ‘ऐना’ मा संग्रहित कथा ‘श्रीमान् वीरबहादुर’ मञ्चन गरिने नाटकका परिकल्पनाकार तथा निर्देशक भिष्म जोशीले बताए ।

बिरबहादुर असल पात्रको रूपमा रहेका जोशीले बताए । सम्रान्त ठकुरी परिवारको युवकको प्रेममा परेकी किसोरीले गर्भावस्थामा प्रेममा धोका खाएको कथा रहेको जोशीले बताए । उनले भने, ‘रातीको समयमा प्रसव पिडाले च्यापेकी ती व्यसहारा युवतिलाई रिक्सा चालक बिरबहादुर चौधरीले अस्पताल पुर्याएको र नर्सले आफन्तको नाम सोध्दा बिरबहादुरले आफ्नो नाम भनेका छन् । पछि ती युवति घरमा आउँदा कार्ड हेर्दा त्यसमा श्रीमान बिरबहादुर चौधनरी लेखिएको हुन्छ । त्यसपछि ती युवतिले बिरबहादुरलाई आफ्नो श्रीमानको रूपमा सुइकार्छिन । एक दिन मालपोतको हाकिमले बिरबहादुरलाई दारू खुवायर पैसाको लोमभा उनको श्रीमतिको शरिर किन्न खोज्छ । बिरबहादुरले त्यो हाकिमलाई कुट्दा प्रहरीले लग्छन् र ती आइमाई आएर आफ्नो श्रीमानलाई छुटायर घर लग्छन् ।’ यसरी कथा बगेको छ जोशीले भने ।

यस्तै कथाकार रामलाल जोशीले यो आफ्ना लागि खुशीको कुरा भएको बताए । ऐनामा उठान गरिएका सामाजिक समस्याहरुलाई नाट्यान्तरण गरी प्रस्तुत गरिनुले सुदूर पष्चिमका ओझेलमा परेका मुद्वाहरूले रङ्गमन्चमा समेत प्रवेश पाएको बताए ।

उनले समाजमा चौधरी र पहाडी बिचको आदर्श प्रेम यस कथामा रहेको र जातिय खाडललाई यो कथाले पुरेको बताए ।

कर्मी नाटय समूहको प्रस्तुतिमा बनेको नाटकमा सुरेश जिसी, अन्जान ढुंगाना, कृपा अधिकारी, भिष्म जोशी, सुमित आचार्य, बिबेक तिवारी, अस्मिता थापा र मुकुन्द खलपात्र लगायतका कलाकारको अभिनय देख्न सकिने छ । नाटक चितवन, धनगढी र काठमाडौंमा पनि मञ्चन गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस