प्रहरीजस्तै संरचना बनाउन सशस्त्रको लबिङ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रहरीजस्तै संरचना बनाउन सशस्त्रको लबिङ


३ पुस २०७४, सोमबार


काठमाडौं । अर्धसैनिक बल सशस्त्र प्रहरीले संघीय संरचनामा नेपाल प्रहरीकैजस्तो समानान्तर संरचना बनाउन लबिङ बढाएको छ । अर्धसैनिक बल भए पनि पटकपटक कार्यक्षेत्रबाहिर गएर विवादमा तानिएको सशस्त्रले प्रदेशस्तरमा प्रहरीझै संरचना स्थापना गर्न कार्यालय र दरबन्दी बढाउन तीव्र लबिङ गरिरहेको छ ।

नेपाल प्रहरीले शान्तिसुरक्षा र अपराध अनुसन्धानको जिम्मेवारी सम्हाल्दै आएको छ भने सशस्त्र बल सशस्त्र विद्रोह, सशस्त्र संघर्ष, आतंककारी गतिविधि, दंगा नियन्त्रण, सीमा सुरक्षा र उद्धारका लागि गठन गरिएको हो । संविधानमा प्रदेशस्तरमा प्रहरीको व्यवस्था गरे पनि नेपाली सेना सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागको संरचना केन्द्रीकृत नै हुने व्यवस्था छ।

गृहले प्रदेशस्तरमा सशस्त्रको प्रतिनिधित्वका लागि क्षेत्रीय संरचनाझैँ बाहिनी राख्ने संरचना बनाएको थियो। सो संरचनाअनुसार पाँच गुल्मलाई ७ बनाउने तयारी गरिएकोमा बलका उच्च अधिकारीले सात प्रदेशमा रहने बाहिनीको नेतृत्व डीआइजीको साटो एआइजीले गर्नुपर्ने लबिङ गरेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस