२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी पठाउनै सकस

अ+ अ-

काठमाडौं । लामो समय स्थानीय तहमा कर्मचारी पठाउन असफल सरकारलाई प्रदेशमा स्थापना हुने प्रदेश प्रमुखको कार्यालय, प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालय र प्रदेशमा रहने मन्त्रालयमा कर्मचारी पठाउन पनि सकस परेको छ।

केन्द्रिय कर्मचारी निकाय (सीपीए) का रूपमा रहेको सामान्य प्रशासन मन्त्रालयले प्रदेशमा पठाउने कर्मचारीको विवरण सबै मन्त्रालयसँग माग गरे पनि मन्त्रालयहरूले विवरण दिएका छैनन्। मन्त्रालयहरूले प्रदेशमा पठाउने कर्मचारीको विवरण पठाउन आनाकानी गरेपछि सामान्य आफैंले कर्मचारीको पीआईएस (पर्सनल इन्फर्मेसन सिस्टम)को आधारमा कर्मचारी प्रदेश पठाउने गृहकार्य थालेको छ।

सामान्यले सबै मन्त्रालयलाई पत्र लेख्दै विषयगत कर्मचारीको सूची पठाउन तोकेको तीन दिन बितिसक्दा समेत कुनै पनि मन्त्रालयले प्रदेशमा पठाउने कर्मचारीको विवरण सामान्यमा पठाएका छैनन् । तत्काल प्रदेशमा जान कर्मचारी अनिच्छुक देखिएकाले मन्त्रालयहरूले कर्मचारीको सूची सामान्यमा पठाउन सकेका छैनन् । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले मन्त्रालयहरूबाट कर्मचारीको विवरण अपेक्षा गरेअनुसार आउन नसकेको बताए। मन्त्रालयहरूले विवरण नपठाएपछि सामान्यले अन्तिम पटक फेरि ताकेता गर्ने भएको छ । ‘अब फेरि अन्तिम ताकेता गर्छौं, मन्त्रालयले कर्मचारीको विवरण नपठाए सामान्यले आफैं विभिन्न सेवा समूहका कर्मचारीलाई काजमा प्रदेश पठाउँछ’, सामान्यका प्रवक्ता न्यौपानेले भने ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसँगै सामान्यले प्रदेश प्रमुख, मुख्यमन्त्रीको कार्यालय र विभिन्न मन्त्रालयमा अन्तरिम व्यवस्थाअन्तर्गत आवश्यक कर्मचारीको दरबन्दी र खाका समेत तयार पारी स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइसकेको छ । सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले सो दरबन्दी र खाका स्वीकृत गर्नेछ ।

सामान्य प्रशासन मन्त्रीको अध्यक्षतामा गठित अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले प्रदेशमा ७ मन्त्रालयको प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको २ महिना बिते पनि सरकारले स्वीकृत गरेको छैन । यसैगरि समितिले तयार पारेको केन्द्रमा १५ वटा मन्त्रालयको प्रस्ताव पनि सरकारले स्वीकृत गरेको छैन। सरकारले प्रदेशमा रहने मन्त्रालय टुंगो लगाउन नसक्दा सामान्यले प्रदेशका मन्त्रालयमा कर्मचारी तयारी अवस्थामा राख्न कठिनाइ देखिएको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments