काठमाडौं । एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । फाइनल खेलमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेटको क्षतिमा नेपालले १८३ रन बनाएको थियो । जवाफमा सिंगापुर ३१।५ ओभरमा ११२ रनमा अलआउट भयो । नेपालको सुरुवती भने राम्रो हुन सकेन ।
ओपनर कुशल मल्ल खाता नखोली आउट भने अर्का ओपनार राजन मगर तीन रनमा रनआउट भए । सुवार अऐरले २२ रन जोडे ।
७९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै कप्तान बिशाल केसीले ६३ रनको शानदार पारी खेले । तृप्तराज दाशले १९ जोडे भने सुनील भण्डारीले १५ रन बनाए ।
नारायण जोशीले विष्फोटक पारी खेल्दै २३ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४६ रन बनाउँदै नेपाललाई नेपाललाई सम्मानित योगफलमा पुर्याए । प्रतिश जोशी पनि १० रनमा बनाए ।
नेपालका सूर्य तामाङ, अजयकुमार लोनियाले समान ३/३ विकेट लिए भने कुशल मल्ल र नारायण जोशीले एक/एक विकेट लिए । नेपालले प्रतियागिताका ५ वटै खेलमा जित हात पारेको छ । नेपालले कुनै पनि खेलमा हार व्यहोर्नु परेन ।