गजल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गजल


१ पुस २०७४, शनिबार


न हेर क्रोधले तिमी बिकार जम्छ पापको ।।
न बोल मुखले झुट्टा सिकार हुन्छ पापको ।।

कि गरे पो उपकार कि ता चुप्प बसे बेस ।
ढिलो होला तर दर्दि चीत्कार हुन्छ पापको ।।

न स्वार्थको केही खानु न ओढ्नु, ओछ्याउनु ।
मरे तुल्य जिन्दगीनी दिक्दार हुन्छ पापको ।।

लुटि पिटि सात पुस्ता कन भात पकाउँछौ ।
त्यहि द्रव्य सन्तानमा कुभार हुन्छ पापको ।।

कहिले बग्यो र फोहरादी नआए सम्म सावन ।
नपखाले सम्म ता तुच्छ संस्कार हुन्छ पापको ।।

प्रतिक्रिया दिनुहोस