गजल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गजल


१ पुस २०७४, शनिबार


प्रश्न सोध्नेहरूसँग उत्तर हुँदैन ।
ढुङ्गाहरूमा पनि ईश्वर हुँदैन ।।

पुज्नेले के सोचेर पुज्छन् देउता ।
देउता जस्तै मान्छे किन अमर हुँदैन ।।

ईश्वर हराएको पनि बर्षौ भैसक्यो ।
तैपनि भक्तहरूलाई असर हुँदैन ।।

आकाशमा एउटै मात्र जून देखिन्छ ।
ताराहरूको जस्तै किन लस्कर हुँदैन ।।

जब टुट्छ माया र विश्वास पनि ।
त्यसपछि घर कहिल्यै घर हुँदैन ।।

Tags :
प्रतिक्रिया दिनुहोस